विश्वमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४० लाख नाघ्यो

एजेन्सी । कोरोना संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ४० लाख आठ हजार ४ सय ५५ रहेको छ।

सबै भन्दा धेरै अमेरिकामा ६ लाख ३२ हजार र ब्राजिलमा ५ लाख २७ हजार मानिसको ज्यान गएको छ। यस्तै भारतमा चार लाख भन्दा धेरै मानिसले कोरोनाबाट ज्यान गुमाएका छन्। विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ५३ लाख ४९ हजार ८ सय १४ पुगेको छ। ती मध्ये १६ करोड ९६ लाख ९८ हजार मानिस निको भएका छन्।

विश्वभर तीन अर्ब २५ करोड १३ लाख ८१ हजार २४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। चीनमा एक अर्व ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४० लाख नाघ्यो

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेप समाप्त !

Leave a comment

Your email address will not be published. Required fields are marked *