२०८३ असार २ गते
×

Now Playing

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेप समाप्त !

एजेन्सी । अमेरिकाले दक्षिण एसियाली मुलुक अफगानिस्तानमा गरेको सैन्य हस्तक्षेप अन्त्य भएको छ। अफगानिस्तानलाई जानकारी नै नदिइ अमेरिकी सेना बगराम एयरबेसबाट अमेरिका फर्किएको हो।

गत शुक्रबार बिहान ३ बजेतिर अमेरिकी सेनाले बगराम छाडेको जानकारी अफगान सेनाका जनरल असदुल्ला कोहिस्तानीले दिएका हुन्। बीबीसीका अनुसार अफगानी सुरक्षा बलले अमेरिकी सेना बगरामबाट हटेको जानकारी केही घण्टापछि मात्रै प्राप्त गरेको थियो।

बगराममा एक जेल पनि छ, जहाँ पाँच हजारजति तालिबानी विद्रोहीलाई कैद गरिएको अनुमान छ। अमेरिकी सेना अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले त्यहाँ निकै तीव्र गतिमा इलाकाहरू कब्जा गर्न थालेको छ।
​​बगराम एयरबेस वरपरका इलाकामा पनि तालिबानी गतिविधि टिपोट भएको जनरल कोहिस्तानीले बताएका छन्। तर, आफ्नो क्षमताले भ्याएसम्म तालिबानी विद्रोहीबाट नागरिकलाई जोगाउने उनको भनाइ छ।

शुक्रबार अमेरिकाले बगराम एयरबेस खाली गरेको जानकारी दिएको थियो। सो कदमसाथ अफगानिस्तानमा अमेरिकी सैन्य अभियान अन्त भएको हो। राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अमेरिकी सेनालाई अफगानिस्तानबाट फर्काइने बताएका थिए।

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेप समाप्त !

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४० लाख

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेप समाप्त !

युरोप छिर्ने आशामा ज्यानको बाजी थापेर इरानबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *