ओलीबालाई भन्भन्ती रिँगाइराछन्

यो देशाँ मान्छे भन्या दुईटा रैछन् । एक ओली, अर्को प्रचण्ड । १० बर्षे जनयुद्धका नाममा प्रचण्डले गिरिजालाई रुवाउनसम्म रुवाए । गिरिजा शेषपछि फेरि ओलीबालाई भन्भन्ती रिँगाइराछन् । कुनचाइँ खाल्टाँ लएर हाल्ने हुन् भन्ने अवस्था छैन । दुईटा नेता मात्रै भडखालाँ जाक्किए त केही हुन्थेन । तर ऐलेत पार्टीलाई नै लएर जाक्छन् कि जस्तो छ ।
दुईतिहाइ आको पार्टी पालै शान्ति प्रधानमन्त्री बनम्ला भनेर ढुक्क भा बेलाँ ओलीबाले अनेकन वहानाबाजी झिकेर प्रचण्ड कमरेडलाई फुत्काएछि प्रचण्ड जस्ता अस्थिर नेताहरको ऐले १२ बजाउने काम ओलीले गर्याछन् भन्ने पक्ष र ओलीले के गरे भन्ने पक्षबीच साँच्चिकै हानाहान शुरु भो भने छुट्याउने को होला के ?
संकट त त्यान्निर पो भो त । २८ साले (झापा काण्ड) नेता ओली र ५२साले (जनयुद्ध) नेता प्रचण्ड दुईटैका सेना, साइबर सेना र टाइगर सेनाको आडाँ एकले अर्कोको उछितो काटदै हिँड्या नेताले देशाँ राम्रो काम गर्न नसके नि नरामे्रा काम नि नगद्र्याभा हुन्थ्यो क्यारे । तर क्यार्नु सत्ताको स्वाद भन्ने कुरा यस्तो हुँदो रैछकी मान्छेले मैले काँ बसेर कल्लाई धारे हात ला छु भन्नेनै विर्सँदा रैछन् । भन्न त प्रचण्ड र ओलीले गजव राम्रो काम गर्याछम् भन्दा हुन् । तर सत्ता र सत्तारुढ दलको नेताले त्यस्तो गर्न हुन्न भन्ने कुरा यिनरलाई कल्ले सम्झाइ दिने ।
भन्ने बेलाँ सबै जनताका लागि गर्याछम् भन्छन् । तर जनताका लागि के गर्या छन् त भनेर देखाउने ठाम छैन । कमिनिष्टको सरकार नत कमिनिष्टको भयो नत प्रजातन्त्र वा लोकतन्त्रवादी भयो । यस्तो अनौठो सरकार चलाउने कमिनिष्टहरले जनता लागि के ग¥याछन् हाम्ले देखेकै छम् । कमसेकम छिमेकी चिनकै सिकेर भएनी देश हाँक्नु पर्ने ठाँ ‘कतै नभाको जात्रा हाँडि गाउँमा’ भन्या जस्तरी सरकार चलाउन लाएछि नेपाल र नेपालीको भलो काँट होस् । रमिते जन्ता काम अब कमिनिष्टको लडाइँ कैले सक्केला भनेर कुर्नेबाहेक उपाए रहेन । धन्न कमिनिष्टहरुको राजनीति ।





