भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट करिब ४९ हजार थप मानिस संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल संक्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना संक्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्यांकमा केही बढी देखिएको सरकारी अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार ५८८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।



