सेयर बजारमा दोहोरो अंकले बृद्धि, पाैने ७ अर्बको कारोबार

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब २० अंकले उकालो लागेको छ। १९.१२ अंकले बढेर आज नेप्से २८४३ विन्दुमा बन्द भएको छ।

गत हप्ताको अन्तिम दिन पनि नेप्से २८४३ विन्दुमै पुगेर रोकिएको थियो। आज साताको अन्तिम दिन ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हप्ताभरमा सर्वाधिक किनबेच भएको दिनसमेत सात अर्ब ५९ करोड रुपैयाँसम्म मात्र कारोबार भयो।

यस्तै न्यूनतम कारोबार रकम पाँच अर्ब ७२ करोड रुपैयाँमा ओर्लियो। यो साता सेयर बजार सातमा रह्यो। साताका कुल पाँच कारोबार दिनमा दुई दिन बजार ओरालो लागेकोमा बाँकी तीन दिन बजार उकालो लागेको छ।

बिहीबार २२४ कम्पनीको ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ बराबरका एक करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ ।

यस्तै राधि जलविद्युत, एनएलजी इन्स्योरेन्स र सूर्योदय लघुवित्त लगायतको सेयर मूल्य भने २/२ प्रतिशतले घटेको छ। कारोबार भएका मध्ये इन्स्योरेन्सको सर्वाधिक ३० करोड रुपैयाँको सेयर किनबेच भयो ।

यसपछि अधिक रकमको किनबेच हुनेमा रहेका ज्योति विकास बैंक र मेगा बैंकको समान १८/१८ करोड तथा बुटवल पावर कम्पनी र नेपाल पुनर्बीमा कम्पनीको समान १६/१६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको कारोबार भएको थियो ।

भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

सेयर बजारमा दोहोरो अंकले बृद्धि, पाैने ७ अर्बको कारोबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *