दक्षिण कोरियाबाट क्यान्सर पीडितलाई सहयोग

सिपी कार्की
सुर्खेत (भेरीगंगा), २ असोज ।
भेरीगंगा नगरपालिका सम्पर्क समिति दक्षिण कोरियाबाट क्यान्सर पिडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ११ का एक युवकलाई दक्षिण कोरियाबाट उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

दक्षिण कोरियामा कार्यरत नेपालीहरुले भेरिगंगा नगरपालिका ११ राताचौर बस्ने चक्र बहादुर रानाका छोरा बर्ष २४ का नविन रानाको कलेजोमा क्यान्सर भई हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका उनलाई भेरीगंङ्गा नगरपालिका (सुर्खेत) दक्षिण कोरियाको पहलमा १०२८०० एक लाख दुई हजार आठ सय आर्थिक सहयोग आएको थियो ।

कोरियामा कार्यक्षेत्र भएता पनि आफुले गरेको सहयोग क्यान्सर उपचारका लागि राहत पुगोस भन्ने उद्श्यले सहयोग गरिएको समितिका सदस्य शिव पौडेलले बताउनु भयो । त्यस्तै समितिले कोरियाबाट पठाएको उक्त रकम हस्तान्तरण गर्दै समितिका अध्यक्ष लोकेश खत्रीले कोरियामा रहेतापनी मानबिय सेवामा समर्पित भै यस अभियानमा जोडिने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

दक्षिण कोरियाबाट क्यान्सर पीडितलाई सहयोग

चट्टानी भीरमा घार झुण्ड्याएर मौरीपालन

दक्षिण कोरियाबाट क्यान्सर पीडितलाई सहयोग

सत्ता पक्ष र विपक्षीकाे आरोप–प्रत्यारोप

Leave a comment

Your email address will not be published. Required fields are marked *