चट्टानी भीरमा घार झुण्ड्याएर मौरीपालन

हुम्ला, २ असोज ।
चीनसँग सिमाना जोडिएको चुवा खोला क्षेत्रमा मौरी पालन व्यवसाय फस्टाएको छ । कडा चट्टानी भीरमा भ¥याङ्ग (लिस्नो ) लगाएर घारलाई डोरीमा बाँधी झुन्ड्याएर मौरी पालन थालिएको हो । सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका कुन्ज्याक मुटुब लामाले फूल फुल्ने जंङ्गलमा मौरी धेरै हुने भएको कारण चुवा खोला क्षेत्रको तल्लो भागमा भीरमा घारलाई डोरीले बाँधेर मौरी पालन व्यवसाय गरिएका थिए ।

भीरमा लिस्नो लगाएर घारलाई डोरीले बाँधेर झुन्ड्याई राखेपछि मौरी आफै घारभित्र पस्ने उनले बताए । यसरी पालन गरिएका मौरीबाट कार्तिक महिनामा मह उत्पादन हुने वडासदस्य समेत रहेको लामाले बताए । उक्त क्षेत्रका दोजाम गाउँका बासिन्दाले डेढ किलो मिटर भीर क्षेत्रमा यसरी मौरी पालन व्यवसाय गरेका छन्। यी मौरी वन मौरी नभएर घर मौरी हुन् ।

लामाले एक जना स्थानीयले २० वटासम्म घार भीरमा झुण्ड्याएर मौरी पालन गरिरहेको बताए । भीरमा उक्त गाउँका किसानहरुले चार सयसम्म घार राखेका अर्का स्थानीय छिमी लामाले बताए । सबै घारमा मौरी बसिसकेका छन् । महका लागि हुम्लाकै प्रख्यात दोजाम गाउँमा घरघरमै मौरी पालन व्यवसाय गरिँदै आएको छ ।  भीरमा घार राखेर मौरी पालन गर्ने कार्य जोखिम भएपनि मह पनि धेरै उत्पादन गर्न सकिने लामाले बताए ।

चट्टानी भीरमा घार झुण्ड्याएर मौरीपालन

दूध बिक्री हुँदा किसान उत्साहित

चट्टानी भीरमा घार झुण्ड्याएर मौरीपालन

दक्षिण कोरियाबाट क्यान्सर पीडितलाई सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *