२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 20°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक संख्या ३८३ पुग्यो

काठमाडौं, १ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

चार जिल्लाका तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि नेपालमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

 

कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक संख्या ३८३ पुग्यो

सल्लिबजारमा मनि काष्ठ उद्योग उद्घाटन

कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक संख्या ३८३ पुग्यो

आंशिक प्राध्यापकहरु आन्दोलित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!