दुर्गा विसी ।
सल्यान, १ असोज ।
सल्यान पश्चिम क्षेत्रमा उद्योग स्थापना हुने क्रम बढ्न थालेको छ । केही साना ग्रिल उद्योग सँगै ठुला उद्योगले पनि प्रसय पाउन थालेका छन् । सल्लिबजारको गैलिबजारमा मनि फनिर्चर हुदै मनि काष्ठ उद्योग विहीवार उट्घाटन भएको छ ।

उक्त काष्ठ उद्योगबाट घर तथा सरकारी कार्यलय प्रयोजनका लागि आवश्यक झ्याल ढोका, झ्याल ढोकाका चौकोस, दराज, टेवुल, बैन्च, डेष्क, सोफा सेट, पलङ,कुर्सी, सबै प्रकारका आवश्यक सरसामान तयारी हुने सञ्चालक ददिराम विकको भनाइ छ । सुर्खेत र नेपालगन्ज भन्दा राम्रो र सस्तोमा सरसामान तयारी पारी बिक्री गरिने समेत जनाएको छ ।
यो सेवाको लागि अब अन्यत्र जानुपर्ने समस्या टरेको छ । स्थानीय स्तरमा उद्योग सञ्चालनसँगै रोजगारि र यसले विकासमा ठुलो मदत पुर्याउने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनले जानकारी दिए । उद्योग उद्घाटन गर्दै यसले नगरलाइ थप टेवा पु्र्याउने जनाए । उद्योग स्थापनाले स्थानीय तह हौसिला प्रदान हुने जनाउनु भयो नगरबाट हुने सर सहयोग समेत हुने पुनको भनाइ थियो । यो नगरकै ठुलो उद्योग हो । यस्ता उद्योग स्थापनाले राज्यालाइ सहयोग गर्ने कुरा औल्याउँदै उद्योगको सफलताको शुभकामना दिएको थियो ।


