सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन

सल्यान, २८ भदौ ।
सल्यानमा यस वर्ष झन्डै २ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ। ५५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको सल्यानमा यस वर्ष ३ सय ९० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । उपयुक्त र भूगोल र हावापानी भएकाले पछिल्लो समय जिल्लाका किसानहरू स्याउ खेतीप्रति आकर्षित हुन थालेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश् वरी गाउँपालिका, बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा स्याउ खेती हुँदै आइरहेको छ। यस वर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरूले १ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको कृषि कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।

उनका अनुसार स्याउ खेतीलाई बिस्तार गर्न कुमाख गाउँपालिकाको गुरदासेमा स्याउ पकेट कार्यक्रम संचालन गरिएको छ । स्याउ खेती हुने क्षेत्र र उत्पादन बढाउन अर्गानिक कार्यक्रम अन्तर्गत स्याउ पकेट कार्यक्रम संचालन गरिएको र फलफूल उत्पादनको हिसाबले सल्यान अब्बल जिल्ला बन्दै गएको सूचना अधिकारी बस्नेतले बताए ।

सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन

दलहरूको गतिविधिका कारण कोरोना फैलने जोखिम

सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन

विद्यापुरमा बालिका बलात्कृत, तीन जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *