डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

रामचन्द्र न्यौपाने
डोल्पा, २४ भदौं ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटा ज्युलामा भे १ त ९७८१ नंम्बरको ट्रयाक्टर दुर्घटनाहुँदा चार जना घाइते भएकाछन् । बुधबार बिहान रुकुम पश्चिम आठबिसकोट नगरपालिका ११ बस्ने चालक हस्तबहादुर परियारले चलायर बालुवा बोकेर पहाडातर्फ लैजाँदै गरेको ट्रयाक्टर ८ बजेर ४५ मिनेटको समयमा दुर्घटना भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका १ बर्षे बर्ष १६ का हरि कठायत,सोही ठेगानाका बर्ष ३३ का लोकमान श्रेष्ठ,बर्ष १२ का शक्तिमान कठायत,बर्ष १६ का कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । घाईते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ ।

चालक हस्त बहादुर परियार सामान्य घाईते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।  ट्रयाक्टर सडक देखि करिब १५० मीटर तल खसेर दुर्घटना भएको बताइएको छ । रुकुम आठबिसकोट नगरपालिका १३ बस्ने बर्ष २३ का गोबिन्द चन्द सवारी धनी रहेको प्रहरीले बताएको छ ।

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

कर्णालीमा एकसय ३० वटा विद्यालयका भवन निर्माण

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

मिथिलाञ्चलमा सुरु भयो जितिया पर्व

Leave a comment

Your email address will not be published. Required fields are marked *