मिथिलाञ्चलमा सुरु भयो जितिया पर्व

काठमाडौं, २४ भदौ ।

मिथिलाञ्चल लगायत तराई मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ। सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै महिलाहरुले अत्यन्त श्रद्धा एवं निष्ठाका साथ यो पर्व मनाउने गर्दछन्।

आजदेखि सुरु भएको जितिया पर्व शनिबार समापन हुनेछ। महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले जितियालाई कठोर पर्वका रुपमा लिइन्छ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ। पहिलो दिन नुहाएर घिरौलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ। त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ।

शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल वा कुवामा स्नान गरी गम्हरी ९कोसाभित्रै फल्ने धान० को खिर वा भात पनि खाने गर्दछन्। जितिया पर्वको एकाबिहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन्।

यता बिहानपख बच्चाहरु ब्युँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन्। पारनका दिन अर्थात अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमाच्युरा, दही, फलफूल खान दिएर जितिवा पर्व विधिवत् रुपमा सम्पन्न हुन्छ।

मिथिलाञ्चलमा सुरु भयो जितिया पर्व

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चार घाइते

मिथिलाञ्चलमा सुरु भयो जितिया पर्व

टी-ट्वान्टी वरीयतामा नेपाल यथावत

Leave a comment

Your email address will not be published. Required fields are marked *