बेहोस भएकाहरुको डोल्पामै उपचार सुरु
रामचन्द्र न्यौपाने
डोल्पा, २३ भदाै ।
उपल्लो डोल्पामा बिषालु साग खाएर बिरामी परेका जाजरकोटका पाँच जना मध्ये चारको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार हुनेमा नलगाड नगरपालिका ५ का बर्ष ३६ का बिष्णु कोसारी, सोही ठेगानाका बर्ष ३८ का टेकबहादुर वली, वडा नं. ४ बस्ने बर्ष १८ का अजय वली र वडा नं ८ बस्ने बर्ष ३३ का शिबराज केसी रहेका छन् ।
सँगै बिरामी परेका बर्ष १९ का नरेन्द्र वलीको अवस्था सामान्य भएको भन्दै उद्धार नगरी जिल्ला अस्पतालमै उपचार शुरु गरिएको छ । एकै पटक सबै जनालाई लैजान नसकिने भएकाले जटिल अवस्थार हेरेर उद्धार गरिएको बताउँदैडोल्पा जिल्ला अस्पतालमै राखिएको वलीको अवस्था हेरेर बुधबार उद्धार गरिने बताइएको छ ।
