जुम्लामा पाँच पालिकाकाे मतगणना सम्पन्न हुँदा ज्ञानेन्द्र शाहीकाे दबदबा कायम : नरेश भण्डारी पछ्याउँदै

काली बहादुर परियार
जुम्ला ,२३ फाल्गुन ।
जुम्ला जिल्लामा जारी मतगणनामा पाँच पालिकाको मतगणना सम्पन्न भएको छ । कनकासुन्दरी,सिंजा, हिमा,तिला र तातोपानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का ज्ञानेन्द्र शाहीले आफ्नो अग्रता कायम राखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी लाई ३ हजार ५ सय ३५ मतान्तरमा शाहीकाे अग्रता कायम रहेकाे हाे । जुम्लाकाे पाँच पालिकाकाे २३ हजार १ सय १० मत गणना हुदा ज्ञानेन्द्र शाहीले ९ हजार ६ सय ९४ मत प्राप्त गरेका छन् भने, ।शाहीका निकटतम प्रतिस्पर्धि नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले २ हजार १ सय ५९ मतले पछ्याइ रहेका छन् ।
रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोबिन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दिप बहादुर शाहीले ३ हजार ६ सय ५९, नेकपा एमालेका शान्तिलाल महतले २ हजार ५ सय ९०, राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले १ सय ७५, प्रगतिशील लाेकतान्न्त्रीक पार्टीले ८५, नेपाल मजदुर किसान पार्टीले २ सय ६६, नेपाल जनता पार्टीले २८, नेपाल कम्युनिस्ट पार्टी माओवादीले ५५ र स्वतन्त्रले १२ मत प्राप्त गरेका छन् ।
पाँच पालिकाकाे झण्डै २३ हजार भन्दा बढी गणना हुदा ८ सय ८७ मत बदर भएका छन् । ८ वटा पालिका रहेको जुम्लामा ४० हजार ८ सय ९७ मत खसेकाे थियाे ।






