“एक लिटरमा एक रुपैयाँ” अभियानमार्फत रोयल लुब्रिकेन्टसको सहयोगमा कालिका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

सुर्खेत ,१९ जेठ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज एक कार्यक्रमका वीच बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
वीरेन्द्रनगर-११ स्थित कालिका प्राथमिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो। रोयल लुब्रिकेन्टसको सहयोगमा आर.के बोर्दस एण्ड टायर सप्लायर्सको समन्वयमा सो सामग्री वितरण गरिएको हो ।

रोयल लुब्रिकेन्टस उत्कृष्टता प्रति समर्पित बाल शिक्षाको लागि सहयोग एक लिटरमा एक रुपैयाँ भन्ने नारालाई आत्मसाथ गर्दै शैक्षिक सामग्री वितरण गरिएको आर.के बोर्दस एण्ड टायर सप्लायर्सका संचालक राजन चपाईले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम कडेँल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश परियार, समाजसेवी चन्द्रलाल चपाई, शिक्षिकाहरु लगायतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको चपाईले बताउनु भयो ।

“एक लिटरमा एक रुपैयाँ” अभियानमार्फत   रोयल लुब्रिकेन्टसको सहयोगमा कालिका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

मानव बेचबिखन, लागूऔषध दुर्व्यसन र बालविवाह न्यूनीकरणमा

“एक लिटरमा एक रुपैयाँ” अभियानमार्फत   रोयल लुब्रिकेन्टसको सहयोगमा कालिका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

कर्णाली सरकारकाे नीति तथा कार्यक्रम भाेली सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *