नेपाल प्रहरीमा ‘सुनौलो १०० दिन’: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सुशासन र प्रविधिमैत्री रूपान्तरण

काठमाडौं ,१८ फाल्गुन ।

वि.सं. २०८२ कार्तिक २७ गते ३३औँ प्रहरी महानिरीक्षकका रूपमा पदभार ग्रहण गर्नुभएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा पूर्णतः जनमुखी र नागरिकमैत्री बनाउने दृढ संकल्पसहित कर्तव्यपथमा अग्रसर हुनुभएको छ। नेतृत्व सम्हालेको छोटो अवधि—१०० दिनमै—उहाँले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अपराध अनुसन्धान पद्धतिको संस्थागत अवलम्बनमार्फत देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गर्नुभएको छ।
अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वयबाट प्राप्त अनुभव, ज्ञान र सुझावलाई आत्मसात गर्दै संगठन र सिंगो मुलुकको हितलाई केन्द्रमा राखी निर्णय लिने उहाँको शैलीले दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वको परिचय दिएको छ। यसले संस्थागत निरन्तरता, अनुभवको सम्मान तथा सन्तुलित नीति निर्माण सुनिश्चित गर्दै संगठनलाई स्थायित्व, विश्वास र दिगोपनतर्फ उन्मुख गराएको छ।

सुशासन, उत्तरदायित्व र डिजिटल रूपान्तरणमा फड्को

यस अवधिमा सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता र नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकता दिइएको छ। कार्यसम्पादन मूल्यांकन प्रणाली सुदृढीकरण, उत्तरदायित्व संस्कृतिको विकास र डिजिटल रूपान्तरणतर्फ स्पष्ट दिशानिर्देशमार्फत नेपाल प्रहरीलाई आधुनिक, पेशागत र परिणाममुखी संरचनातर्फ उन्मुख गराइएको छ। प्रहरी–नागरिक सम्बन्ध विश्वास, सम्मान र सहकार्यमा आधारित बनाउने प्रयास पनि सशक्त बनेको छ।
सुनौलो १०० दिन’का प्रमुख उपलब्धि
१. व्यवस्थापन र नीतिगत सुधार
“कार्यसम्पादन मूल्यांकन मार्गदर्शन” कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन प्रणाली सुरु।
सरुवा प्रणाली व्यवस्थित गर्दै आफ्नो दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीति लागू।
संगठनको व्यवसायिकतामा बाह्य प्रभाव पार्ने गतिविधि गर्ने प्रहरी कर्मचारीको तीनपुस्ते रेकर्ड अभिलेखीकरणको औपचारिक शुभारम्भ।
७ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न तथा रणनीतिक सम्मेलन आयोजना।
२. प्रविधि र संरचनागत विकास
प्रहरी प्रधान कार्यालयमा AI-AAC (Artificial Intelligence and Advanced Analytics Cell) स्थापना।
देशभर FIX, PTZ र ANPR प्रविधिसहित ४५६ वटा CCTV जडान।
हराएका सवारीसाधनका लागि Traffic प्रहरीको वेबसाइटमार्फत “Lost Vehicle Record System” सञ्चालन।
हराएका/अलपत्र व्यक्तिहरू र पहिचान नखुलेका शवको विवरण सार्वजनिक पहुँचमा ल्याउन वेबसाइट परिष्कृत।
७ प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घाटन, १२ कार्यालयका लागि जग्गा प्राप्ति।
विभिन्न निकायबाट २४० सवारीसाधन प्राप्त गरी वितरण।
३. सेवा–सुविधा र आन्तरिक कल्याण
प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक दर्जासम्मका कर्मचारीका लागि “आकस्मिक सहुलियत कर्जा” अनलाइन प्रणालीमार्फत सञ्चालन।
राशन स्केलमा ३ नयाँ सामग्री समावेश।
तल्लो दर्जाका प्रहरी कर्मचारीको सेवा, सुविधा र मनोबल अभिवृद्धिमा विशेष पहल।
अमर तथा शहीद प्रहरी परिवारसँग भेटघाट र श्रद्धाञ्जली।
४. अपराध नियन्त्रण र अनुसन्धान उपलब्धि
जघन्य तथा गम्भीर अपराधमा करिब शतप्रतिशत सफल अनुसन्धान।
कर्तव्य ज्यानका १२३ घटनामा १८८ अभियुक्त पक्राउ।
जबरजस्ती करणीका ४७५ घटनामा ४४५ अभियुक्त कानुनी दायरामा।
५,७८१ फरार प्रतिवादी पक्राउ; १,९६० वर्ष कैद र रु. ३८ करोडभन्दा बढी जरिवाना कार्यान्वयन।
लागूऔषध कसुरमा २,४५५ जनाविरुद्ध १,५४८ मुद्दा; ठूलो परिमाणमा गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन लगायत बरामद।
२५५ नाल अवैध हतियार बरामद।
करिब रु. ५९ करोडभन्दा बढी बराबरको राजश्व चुहावट नियन्त्रण।
हराएका ४,००० भन्दा बढी व्यक्ति परिवारको जिम्मा लगाइयो।
५. सामुदायिक तथा मानवीय पहल
सामुदायिक प्रहरी साझेदारीका २७,५२८ कार्यक्रममार्फत १२ लाखभन्दा बढी नागरिक लाभान्वित।
उपत्यकाका तीन जिल्लामा “हाम्रो प्रहरी” कार्यक्रम।
विपन्न समुदायमा न्यानो कपडा र खाद्यान्न वितरण।
स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा गुल्मीस्थित देविस्थान माविमा रु. ५ लाखको अक्षयकोष स्थापना।
६. विशेष कारबाही र सुरक्षा व्यवस्थापन
सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने ३३ वर्षीय प्रकाश पाठकसहित विभिन्न मुद्दाका प्रतिवादीहरू विदेशबाट पक्राउ गरी नेपाल ल्याइयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सुरक्षा योजना तर्जुमा तथा सरोकारवालासँग समन्वय।
वि.सं. २०८२ कार्तिक २७ देखि फागुन ८ सम्मको अवधि नेपाल प्रहरीका लागि संगठनात्मक सुधार, सुशासन र परिणाममुखी कार्यसम्पादनको सशक्त अध्यायका रूपमा स्थापित भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वले अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई मजबुत बनाउँदै अपराध नियन्त्रणमा कठोरता र सेवा प्रवाहमा संवेदनशीलताको सन्तुलन कायम गरेको छ।
यी ‘सुनौलो १०० दिन’ले नेपाल प्रहरीलाई अझ सुदृढ, प्रविधिमैत्री, पारदर्शी र जनविश्वासयुक्त संस्थाका रूपमा अघि बढाउने आधारशिला तयार गरेको स्पष्ट देखिन्छ।

नेपाल प्रहरीमा ‘सुनौलो १०० दिन’: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सुशासन र प्रविधिमैत्री रूपान्तरण

मतदाताको मन जित्दै कमरुद्दिन राई, छातामा मतदान

नेपाल प्रहरीमा ‘सुनौलो १०० दिन’: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा सुशासन र प्रविधिमैत्री रूपान्तरण

 निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds