जुम्लाको कनकासुन्दरीमा नेकपाका कर्याकर्ताले पैसा बाडे : ज्ञानेन्द्र शाही

काली बहादुर परियार
जुम्ला,१८ फाल्गुन ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेकपाका कार्यकर्ताले पैसा बाँडेको आरोप सार्वजनिक भएको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक एक पोस्टमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले कनकासुन्दरी गाउँपालिकाकाे लुडुक गाउँमा दुई जना पेटी ठेकेदारले रकम बाँडेको सूचना प्राप्त भएको दाबी गरेका छन् ।

उनले ती व्यक्तिहरू यसअघि खाडिमुलुकमा काम गर्दै आएका ठेकेदार रहेको उल्लेख गरेका छन् । शाहीले आफ्नो पोस्टमा कनकासुन्दरीकाे लुडुक गाउँलाई इतिहास बोकेको, पढेलेखेका र सचेत नागरिक बसोबास गर्ने ठाउँका रूपमा चित्रण गर्दै यहाँका नागरिक सधै सत्य, न्याय र इमान्दारीको पक्षमा उभिँदै आएको बताएका छन् ।

नेकपा पार्टीले पहिले पनि बुथ कब्जा गरि ब्यालेट बक्स नदिमा बगाउने समेत गरेकाे थियाे । गाउँमा गएर म बिरूद्व अफवाह फैलाई पैशा बाँडेकाे गरेकाे शाहीको आराेप रहकाे छ ।

कुनै पनि प्रकारको लोभ, प्रलोभन वा पैसा बाँडेर जनमत प्रभावित गर्ने प्रयास सफल हुँदैन भन्नेमा पूर्ण विश्वास छ, उनले लेखेका छन् । उनका अनुसार गाउँ किनबेच गर्ने ठाउँ नभई यहाँका नागरिकले विवेक प्रयोग गरेर सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ ।

गाउँको गरिमा र आत्मसम्मान जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै उनले अफवाह, प्रलोभन वा गलत गतिविधि बाट सचेत रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । यस विषयमा सम्बन्धित नेकपा पक्षबाट भने औपचारिक प्रतिक्रिया आएको छैन ।

स्थानीय तहमा निर्वाचन नजिकिँदै जाँदा विभिन्न आरोप–प्रत्यारोप सार्वजनिक भइरहेका छन् । कनकासुन्दरीमा पनि चुनावी माहोल तातिँदै जाँदा यस्तो आरोप सार्वजनिक भएको हो ।

स्थानीय बासिन्दाहरूका अनुसार निर्वाचनको समयमा विभिन्न दल र उम्मेदवारका समर्थक गाउँ–गाउँमा पुगेर भेटघाट तथा प्रचारप्रसार गरिरहेका छन् । यस्तै गतिविधिका बीचमा रकम बाँडिएको भन्ने आरोप बाहिरिएको हो ।

यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने हुन बाँकी छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी समयमा यस्ता आरोपहरू सामान्य रूपमा आउने गर्छन्।

रकम बाँडिएको पुष्टि भएमा त्यो आचारसंहिताविपरीत हुने र कानुनी कारबाहीको विषय बन्न सक्ने मुख्य निर्वाचन अधिकृत आनन्द राज पन्तकाे भनाइ छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ ।

कनकासुन्दरी–लुडुक क्षेत्र सामाजिक तथा सांस्कृतिक हिसाबले परिचित क्षेत्र मानिन्छ। यहाँका नागरिक राजनीतिक रूपमा पनि सचेत मानिन्छन्। यसै सन्दर्भमा उम्मेदवार शाहीले स्थानीयलाई सचेत रहन र कुनै पनि प्रलोभनमा नपर्न अपिल गरेका हुन् ।

निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी सरगर्मी बढिरहेको छ। विभिन्न दल र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यस्ता आरोप–प्रत्यारोपले चुनावी वातावरण थप तातिने संकेत देखिएको छ।

जुम्लाको कनकासुन्दरीमा नेकपाका कर्याकर्ताले पैसा बाडे : ज्ञानेन्द्र शाही

होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको

जुम्लाको कनकासुन्दरीमा नेकपाका कर्याकर्ताले पैसा बाडे : ज्ञानेन्द्र शाही

घुयँत्राे:राति १२ बजेसँगै चुनावी माइक बन्द, तर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds