जुम्ला तरुणदलकाे अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन : पाँच जना उम्मेदवारकाे साझा विज्ञप्ति

गाेल्डेन बुढा

जुम्ला,१५ साउन।
जुम्लाको तरुणदलकाे अध्यक्ष हेमबहादुर बुढ्थापा चयन भएका छन्।तरुणदलकाे पाँचौ अधिवेशनबाट बुढ्थापा सर्वसहमत अध्यक्षमा चयन भएका हुन्। बुढ्थापा हालैका चन्दननाथ नगरपालिका-२ का वडा अध्यक्ष हुन्।

निर्वाचन अधिकृत भक्तबहादुर बुढाका अनुसार उपाध्यक्षमा रतनबहादुर शाही,माधवराज शर्मा, सचिवमा कृष्णप्रसाद उपाध्याय, सह-सचिवमा कमलबहादुर बाेहारा र काेषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय चयन भएका छन्।नेतृत्व सर्वसहमतिमा चयन गर्न नेपाली कांग्रेस जुम्लाले उच्चस्तरीय समिति बनाएको थियो। कांग्रेसले संघीय माननीय कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष चन्द्र खड्कासहित तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। अधिवेशन यहीँ साउन ९ गते उद्घाटन भएको थियो। १० गतेदेखि बन्द सत्रमा प्रवेश गरेको हो।यता हेम बुढ्थापाको अध्यक्षतामा समिति घोषणा भएपछि अन्य पाँच जनम अध्यक्ष पदका उम्मेदवारले आपत्ति जनाएका छन्।

उनिहरुले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन्।संजीव रावल, रतन बहादुर शाही, विरेन्द्र शाही, भरत बहादुर शाही र राजेन्द्र श्रेष्ठले उक्त विज्ञप्तिमा सामूहिक हस्ताक्षर गरेका छन्।नेपाली कांग्रेस पार्टीको निर्णय अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्ने थियो, तर सहमति नभएको अवस्थामा समिति “सर्वसम्मत” भन्दै घोषणा गरिएको हो।यो पार्टीकाे विधिसम्मत नभएको बताइएको छ।निर्वाचन समितिले पार्टी नेतृत्वको निर्देशनको उल्लंघन गर्दै मनोमानी निर्णय गरेकाे आराेप छ ।

जुम्ला तरुणदलकाे अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन : पाँच जना उम्मेदवारकाे साझा विज्ञप्ति

बाँके राष्ट्रिय निकुञ्जमा कृतिम ताल निर्माण, वन्यजन्तु

जुम्ला तरुणदलकाे अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन : पाँच जना उम्मेदवारकाे साझा विज्ञप्ति

“सिक्टा सिँचाइको प्रभाव: बाँकेमा ९० प्रतिशतभन्दा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *