२०८२ फाल्गुन ५ गते
×

Now Playing

बाँके राष्ट्रिय निकुञ्जमा कृतिम ताल निर्माण, वन्यजन्तु संरक्षण र मानव–जनावर द्वन्द्व न्यूनिकरणमा सफलता

बाँके ,१५ साउन।

देशकै कान्छो राष्ट्रिय निकुञ्जका रूपमा परिचित बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिँदै निकुञ्ज क्षेत्रभित्र कृतिम ताल निर्माण सुरु गरेको छ। वन्यजन्तुका लागि पिउने पानीको दिगो स्रोत सुनिश्चित गर्न सोलार पम्प प्रविधिमार्फत सञ्चालन हुने गरी ताल निर्माण गरिएको हो। साथै, सिमसार क्षेत्रको व्यवस्थापनसँगै जनावरहरूको आवतजावत हुने क्षेत्रमा ताल निर्माण गरिँदा वन्यजन्तुहरूलाई सस्तो र सुरक्षित पहुँच मिलेको निकुञ्जका रेन्जर पुष्प रेग्मीले जानकारी दिनुभयो।

निकुञ्जभित्र रहेका चुरे र भावर क्षेत्रका जनावरहरू पानीको अभावका कारण राप्ती नदीसम्म जान बाध्य हुँदा मानव–जनावर द्वन्द्व बढेको थियो। विशेषगरी बाघ, चित्तल, हरिणलगायतका वन्यजन्तुहरू नदी छेउमा आउँदा स्थानीय बासिन्दा तथा सवारीसाधनसँग ठोक्किने जोखिम उच्च थियो। सोही कारण हालसम्म निकुञ्जले साना–ठूला गरी झण्डै २५ वटा पोखरी निर्माण गरिसकेको छ, जसबाट द्वन्द्वको जोखिम न्यून भएको रेग्मीले बताउनुभयो।

बाँके राष्ट्रिय निकुञ्ज मुख्य रूपमा बाघ संरक्षणका लागि स्थापना गरिएको हो। बाघको बसोबास सहज बनाउन घाँसे मैदानको व्यवस्थापन र तिनका आहार स्रोतहरू जस्तै चित्तल र हरिणको संरक्षणमा ध्यान दिइएको छ। पोखरी निर्माणसँगै यिनको वासस्थान सुरक्षित र अनुकूल बनाइँदै आएको छ।

निकुञ्जभित्र हाल २५ वयस्क बाघ रहेका छन्। साथै, यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, ९ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका जीवजन्तु पाइन्छन्।

वि.सं. २०६७ असार २८ गते स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटर टाढा पर्दछ। संरक्षणका यस्ता पहलहरूले वन्यजन्तुका लागि सुरक्षित वातावरण तयार गर्नुका साथै मानव–जनावर द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।

बाँके राष्ट्रिय निकुञ्जमा कृतिम ताल निर्माण, वन्यजन्तु संरक्षण र मानव–जनावर द्वन्द्व न्यूनिकरणमा सफलता

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

बाँके राष्ट्रिय निकुञ्जमा कृतिम ताल निर्माण, वन्यजन्तु संरक्षण र मानव–जनावर द्वन्द्व न्यूनिकरणमा सफलता

जुम्ला तरुणदलकाे अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन :

Leave a comment

Your email address will not be published. Required fields are marked *