साताअघि पिच गरेको सडक उप्कियाे:विकास गर्नु र नगर्नुकाे औचित्य छैन।’

गाेल्डेन बुढा
जुम्ला,९ साउन।
जुम्लाको चन्दननाथ नगरपालिका-८ का श्री सुनारले कर्णाली राजमार्गको जुम्ला खण्ड नगरपालिका -७ जिल्ला ट्राफिक कार्यालय नजिकैको सडकको पीच हातैले उप्काए।उनलाई एक सातादेखि नै सडक माथिको पीचमा शंका लागिरहेको थियो ।
निरन्तर वर्षाको बिचमा भइरहेको पीचको गुणस्तर निकै खस्केको हुन सक्ने अनुमान थियो।उनलेे पीच उप्काउन खोज्दा सहजै उप्कियो।एक मिटर भन्दा लामो दुरीको पीच उप्काएका थिए।उनले भने, ‘यो विकासले जुम्लाको समृद्धि ल्याउन नसक्ने बताए। यस्तो विकास गर्नु र नगर्नुको औचित्य छैन।’ यो पटक जुम्ला कालिकोटको सिमाना देखि जुम्ला सदरमुकाम खलंगाको अधिकांस स्थानमा पीच गरिएको छ।नाग्म देखि खलंगा सम्मको पीचको गुणस्तर उस्तै छ,श्रीसुनाले भने, ‘वर्षेनी बजेट फ्रिज जान्छ।विकासका नाममा ठेकेदारले ठगिरहेको छ। सरकार रमिते बनेको छ । सडकको अवस्था उस्तै छ ।’ हामी जनताले कर तिरेको रुपैयाँले विकासका काम हुन्छन्।अन्ततः जनता ठग्ने काम काम भइरहेको छ। ‘यसमा राज्यको खेलाँची छ,’ उनले थपे, ‘यो पीचको उचित छानबिन होस । दोषि उपर कार्वाही होस ।’ अहिले स्थानीयले उप्काएको पीचको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिन्छ

उज्ज्वल सानदार जेभी निर्माण कम्पनीले कालोपत्रेको काम गरिरहेको छ । तत्काल पीचको काम रोखेर गुणस्तर मापन गर्न जुम्लाबासीले माग गरेका छन्। २ सय टनको रोलर लगाएर गरिएको पीच स्थानीयले हातैले उप्काए,’ स्थानीय चन्दननाथ-९ का हर्कबहादुर गिरी भन्छन्, ‘यो विकास होइन् विनाश हो।’सहजै रुपमा पीच उप्किएपछि स्थानीय राजनीतिक दलले पनि चासो देखाएका छन्। उनीहरुले विकास कार्यमा गुणस्तर कायम गर्ने विषयमा राज्य अनुदार देखिएको आरोप उनीहरुको छ।दलहरूले जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ध्यानाकर्षण गराएका थिए।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले विषयको गम्भीरता बुझेको जनाउँदै छानबिन अघि बढाउने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए।अहिले व्यापक रुपमा जिल्लाका स्थानीय लगायत विभिन्न राजनीति दलहरुले यस कालोपत्रेको आलोचना गरिरहेका छन्। भने यसमा देखिएका दोषीलाई कारबाहीको माग समेत राखिरहेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका संयोजक मक्करबहादुर भण्डारीले सडक पीचमा देखिएको गुणस्तरको बिषयमा सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।यता निर्माण कम्पनीले पहिलेको पीच राम्रो नभएकोले सहजै उप्किएको जनाएको छ। काम गर्ने समय अझै बाँकी छ, सबै उप्काएर पुनः पीच गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका सांसद ज्ञानेन्द्र शाहीले पीच गरिएको सडकको गुणस्तरमा प्रश्न उठेको बताए।
ठेकेदार कम्पनीलाई तत्काल विल भुक्तानी नगर्न निर्देशन गरे। ठेक्का लगाउँदा तोकिएको मापदण्ड अनुसार पीच भए नभएको परीक्षण नगरेर भुक्तानी नगर्न शाही बताउँछन्। अन्यथा सडक निर्माण गर्ने ठेकेदार, बिल पास गर्ने अधिकारी तथा कार्यमा संलग्न सबैलाई मापदण्ड विपरीत काम गरेको ठहर गरी सम्बन्धित निकायमा मुद्दा दायर गर्ने चेतावनी सांसद शाहीले दिए । यता ठेकेदार दीपक न्यौपानेले मापदण्ड अनुसार नै काम भएको दाबी गरे । जुन ठाउँमा पुरानो पीच थियो । त्यही स्थानमा उप्किएको हो । म,आफुले गरेको गल्ती भोग्न तयार छुँ। कार्यालयसंग सल्लाह गरेर पुरानो लेयर सबै फालेर फेरी पीचको काम अघि बढाउने प्रतिबद्धता जनाए।






