मल वितरणमा गुनासो आएपछि छानबिन समिति गठन

गाेल्डेन बुढा

जुम्ला,९ साउन।

कृषकलाई गुणस्तरहिन गँड्याैँला मल बाडेकाे गुनासो आएपछि जुम्लाको तातोपानी गाउँँपालिकाले छानबिन समिति गठन गरेको छ।गाउँपालिका ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अमरबहादुर राेकायाकाे संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। कृषकलाई गुणस्तरहिन मल वितरण गरिएको जनगुनासाे आएकोले सत्यतथ्य के हो ? छानबिन गरि सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

गत मंगलबार र बुधबार गाउँपालिकाले मल वितरण गरेको थियोे।प्राविधिक त्रुटिपूर्ण कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ।यसबाट पर्ने गएको असुविधा प्रति क्षमा मागेको छ।गँड्यौंला मल नाममा रातो माटोजस्तो मल दिएपछि कृषकहरु शसंकित बनेका छन्।गत आर्थिक वर्ष जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा किसानलाई मल दिन थालिएको थियो । चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीले मल उपलब्ध गराएको हो।

उक्त कम्पनीले लामो समय स्टोर गरेको मल दिएको भन्दै कृषकहरु आक्रोशित बनेका छन्।’मल दुई वर्ष अघिदेखि गाउँपालिका कार्यालय नजिकै स्टोर गरेर राखेको थियो,’ कम्पनीका सञ्चालक नरेन्द्र गिरीले २०७४ सालदेखि एक लाख किलो मल जुम्लामा आइपुगेको बताए। गाउँपालिकाले ३ सय ५५ बोरा मल ल्याएको थियो । खरिदका लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

मल वितरणमा गुनासो आएपछि छानबिन समिति गठन

साताअघि पिच गरेको सडक उप्कियाे:विकास गर्नु र

मल वितरणमा गुनासो आएपछि छानबिन समिति गठन

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *