तातोपानीका २० महिलालाई घरेलु प्याड बनाउने सीप

गाेल्डेन बुढा 

जुम्ला,९ जेष्ठ 
महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका सेनेटरी प्याड उपलब्ध हुन्छन्।तर,त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन्।कुनै ठाउँमा प्याड नै पाइँदैन भने,कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न नै सक्दैनन्।जसका कारण महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरुको धेरै छन्।कपडा प्रयोग गर्दा समस्या मात्रै हुन्न संक्रमणको जोखिम पनि हुन्छ। यसैलाई मध्येनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिका भित्रका महिलाहरुले घरेलु प्याड बनाउने तालिम लिएका छन्।

गाउँपालिका भित्रका २,५ र ६ वडाका महिलाहरु प्याड बनाउन सक्ने भएका हुन्।स-साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उनीहरु खुसी छन्। तालिममा २० जना महिलाहरु सहभागी थिए।स्थानीय स्राेत साधन र प्रविधिको प्रयाेग गरेर प्याड बनाउन सीप सिकाइएकाे प्रशिक्षक हरिभक्त परियारले बताए। उनलेे,´महिलाले आफुसँग भएको नरम कपडाकाे महिनावारी प्याड निर्माण गरि प्रयाेग गर्न सक्ने भएका छन।यस्तै तातोपानी -६ कि महिला छिता कामीले घरेलु प्याड बनाउन सिक्न पाउँदा खुशी लागेको बताइन्।

विगत प्याड शब्द सुनेको थिए।अहिले अब आफै उत्पादन गर्न सक्ने भए।खुसी छुँ।उनलेे भनिन् ।घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुनेबारे सिकेको उनी बताउँछिन्।‘पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौं। जतिबेला जरुरी पर्छ, त्यसैबेला प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् ।यस्तै अर्की राममाया डाँगीकाे परिवारमा आमा, दिदी र बहिनीले पनि कपडाकै प्रयोग गर्छन् ।

तालिमबाट प्याड बनाउन सिकेकी उनी आफूले प्रयोग गर्नेमात्रै नभएर दिदी बहिनी र आमालाई प्रयोग गर्ने प्याड घरमै बनाउने सोचमा छिन् ।कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास उनीहरुमा देखिन्छ । ‘व्यवसायिकरुपमा बनाएर बिक्री गरेर आम्दानी लिन सकिन्छ । गाउँ घर टोल छिमेकीलाई सिकाउन सकिन्छ,’ राममायाले थपिन् ।बजारमा पाइने प्याड एकपटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । तर कपडाको प्याडलाई पूनः प्रयोग गर्न सकिन्छ। सुरक्षित हिसाबले प्रयोग गर्ने तरिका भने जान्नुपर्छ । उनीहरुले त्योपनि सिकेका छन्। कपडाभन्दा सुरक्षित र बजारको प्याडभन्दा कम खर्चमा घरेलु प्याड बनाउन जानेपछि स्थानीय महिलाहरु छन्।‘बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न, कपडा, सुई, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ,’ माग्ली बिष्टले भनिन्, ‘त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ। इन्फेक्सनबाट पनि जोगाउँछ ।’यता तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल (सिमा)ले सेनेटरी प्याड बनाउने तालिम निकै प्रभावकारी भएको बताउँछिन्।‘ सबै महिला दिदीबहिनीले बाहिरको प्याड खरिद गर्न सक्ने अवस्था छैन । कपडाको प्याड बनाउन सहज र कम खर्चिलो पनि छ ।’ उनले भनिन्,’घरेलु प्याड बनाएर सुरक्षित राखेपछि आवश्यक पर्ने वित्तिकै प्रयोग गर्न सक्छौं, कसैकोे मद्दत लिनुपनि पर्दैन् ।

ग्रामीण क्षेत्रमा अझै उपयोगी हुने देखिन्छ।’यौन तथा प्रजनन स्वास्थ्यको लागि मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत राधापाैडल फाउनडेसन र गाउँपालिकाकाे आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको समन्वयमा तालिम दिइएको थियाे।

गाउँपालिकाले तीस हजार रुपैयाँ र २३ हजार ७ सय २९ रुपैयाँ पेस नेपालले व्यहोरेकाे मर्यादित महिनावारी परियोजना अधिकृत देवकि बिष्टले बताइन्।‘ग्रामीण समुदायमा महिलाहरुसँग साथमा पैसा नहुने रहेछ। तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले भने,´बजारमा पाइने प्याड भन्दा घरेलुु प्याड उपयुुक्त हुने बताए। गुणस्तरीय प्याड उत्पादन गरि बजार सम्म पुर्याउनु पर्न बताए।महिनावारीको समयमा घरका टाला टुली प्रयोग गर्ने रहेछन्,’ उनले भने, ‘महिलाले प्याड बनाउने तालिम दिने माग आयो।त्यसपछि दुई दिने तालिम सञ्चालन गरेका हौं ।’

तातोपानीका २० महिलालाई घरेलु प्याड बनाउने सीप

नेपालगञ्जमा ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *