स्वास्थ्य सेवा घरदैलोमै: नरैनापुर गाउँपालिकाको पहलले वृद्ध, सुत्केरी र बालबालिकालाई राहत

बाँके ,९ जेष्ठ ।
बाँकेको नरैनापुर गाउँपालिकाले दुर्गम तथा स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। गाउँपालिकाले हरेक महिनाको दुई दिन घरदैलो स्वास्थ्य सेवा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार, कार्यक्रम फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको हो। “अधिकांश नागरिकले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था देखिएपछि घरमै सेवा पुर्‍याउने निर्णय लिइएको हो,” शाहले बताउनुभयो।

नरैनापुर–१ कटकुइयाँका ९१ वर्षीय लहरी चमारले घरमै स्वास्थ्य सेवा पाएपछि निकै सहज भएको अनुभव सुनाउँदै भन्नुभयो, “अब त सरकार घरमै आएको जस्तो लाग्छ।” मंझ्रेटीकी ८० वर्षीया रज्जा अहिरनले पनि यस्ता सेवाबाट अत्यन्त राहत महसुस भएको बताउनुभयो।

कटकुइयाँ स्वास्थ्य चौकीका अनुसार हालसम्म १०० भन्दा बढी स्थानीयले घरमै पुगेर स्वास्थ्य सेवा लिइसकेका छन्। उक्त वडामा १,२०० भन्दा बढी घरधुरी छन्।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, “स्वास्थ्यकर्मीले घरमै पुगेर बिरामीको उपचार गर्नुका साथै दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरिरहेका छन्।”

अनमी अस्मिता भारतीका अनुसार, सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम बढेकाले २४ घण्टा, ३ दिन र ७ दिनमा अनिवार्य स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरमै पठाइन्छन्।

अनमी सामना गुरुङका अनुसार वडा नं. १ नरैनापुरकै सबैभन्दा दुर्गम क्षेत्र हो। “पहिले जनचेतनाको कमीले धेरैजसो सुत्केरी घरमै हुने गर्थे, अहिले भने सबै स्वास्थ्य चौकीमै पुग्छन्,”उहाँले भन्नुभयो।

स्थानीय मिना चमारले स्वास्थ्य सेवा घरमै पाउँदा डर र त्रास कम भएको अनुभव सुनाउनुभयो। नियमित गर्भ परीक्षण, आइरन चक्की वितरण जस्ता सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुगिरहेको अनमी भारतीको भनाइ छ।

 

 

स्वास्थ्य सेवा घरदैलोमै: नरैनापुर गाउँपालिकाको पहलले वृद्ध, सुत्केरी र बालबालिकालाई राहत

व्यक्तित्व चर्चा : ‘जुम्ला उर्बर भूमि हो

स्वास्थ्य सेवा घरदैलोमै: नरैनापुर गाउँपालिकाको पहलले वृद्ध, सुत्केरी र बालबालिकालाई राहत

तातोपानीका २० महिलालाई घरेलु प्याड बनाउने सीप

Leave a comment

Your email address will not be published. Required fields are marked *