जुनिचाँदे गाउँपालिका अध्यक्षका छोरानै अवैध धन्दामा

सुर्खेत, ९ जेठ ।
जाजरकाेट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीका छोरा पारस शाही सरकारी छाप, लेटरप्याड, रसिद दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । अबैद्य रुपमा जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड, रसिद बनाएर रकम असुल गरेको आरोपमा जाजरकोट प्रहरीले पक्राउ गरेको हाे ।

जुनिचाँदेबाट बाहिरिने खनिज तथा जडीबुटीबाट रकम असुल गर्न त्यो कार्य पहिले देखि गर्दै आएको प्रहरीको भनाई रहेको छ । गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैध रूपमा राजस्व संकलन गर्दै आएका उनीसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन् ।

ईलाका प्रहरी कार्यालय वडावन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका वडा नं. ६, राहदेउस्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए।

उनीहरू लामो समयदेखि नक्कली छाप र कागजात प्रयोग गरी जिल्लाबाट बाहिर जान तयार रहेका जडिबुटी तथा खनिजजन्य सामग्री लोड भएका सवारी साधनहरू रोकेर कर संकलन गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको डिएसपी शर्माको भनाइ छ ।

प्रहरीले जुनिचाँदे गाउँपालिकाको नक्कली कार्यालय छाप, अनुसूची १०१ अन्तर्गतको मलेप फाराम नम्बर११ आम्दानी रसिद, जडिबुटी तथा खनिज पदार्थ चेकजाँच सिफारिससम्बन्धी पत्र, रसिद नं. ४३९ सहितको कर संकलन रसिदलगायतका नक्कली कागजातहरू बरामद गरेको छ । उनीहरूलाई जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुनिचाँदे गाउँपालिका अध्यक्षका छोरानै अवैध धन्दामा

५१ करोड लागतमा कर्णालीकाे एकीकृत प्रशासनिक भवन

जुनिचाँदे गाउँपालिका अध्यक्षका छोरानै अवैध धन्दामा

व्यक्तित्व चर्चा : १२ वर्षदेखि दुर्गममा रमाएका

Leave a comment

Your email address will not be published. Required fields are marked *