यार्सा टिप्न हिडेका मुगुका एक युवा बेपत्ता

गाेल्डेन बुढा
जुम्ला ,८ जेष्ठ।
यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्।मुगुमकार्मारोङ गाउँपालिका -५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन् ।
नदिमा लडेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी सरोज गिरीले बताए।उनलेे भने,´लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै थिए । बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोला (मुगु कर्णाली)मा राखिएको काठेपुलबाट चिप्लिएर उनी नदीमा खसेका थिए ।
लगत्तै प्रहरी, स्थानीयको रोहबरमा खोजी कार्य भइरहे पनि अहिलेसम्म भेटिएका छैनन् ।सर्वसाधारणका लागि मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामङका अनुसार यहीँ जेठ १३ गतेबाट यार्सा संकलनका लागि खुल्ला गरेको सूचना सार्वजनिक गरेको छ। तर, उनीहरू यार्सा टिप्ने समय अगाडिनै पाटनतिर गएको बुझिएको छ।






