चट्याङले जुम्लामा एक महिलाको मृत्यु

गाेल्डेन बुढा
जुम्ला ,८ जेष्ठ 
जुम्लामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। जुम्लाको तातोपानी गाउँपालिका-८ टाेप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले बताए।उनलेे भने,अनुसार बिहीबार दिउँसो ४ बजे चट्याङ परेको थियोे।

शाही बहुमुल्य जडिबुटी यार्सा संकलन गर्न पुगेकी थिइन्।यता तातोपानी गाउँपालिकाउपाध्यक्ष रेवती रावल (सिमा) का अनुसार जुम्ला र जाजरकोटकाे सिमनामा पर्ने सुब्बाकुना पाटनमा यार्सा टिप्ने क्रममै चट्याङ परेको थियोे।चट्याङ परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।उक्त पाटनमा पुग्न झन्डै ६ घण्टा लाग्छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरिक्षक कृष्णराज राेकायकाे नेतृत्वमा ६ जनाको टाेली खटिएको डिएसपी रेग्मीले बताए।

चट्याङले जुम्लामा एक महिलाको मृत्यु

यार्सा टिप्न हिडेका मुगुका एक युवा बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *