“राईडर”बिनिता कार्कीको मानवीय कदम: न्यानो काखलाई सहयोग

हस्त चाैलागाँई
कालिकोट ,६ पुस।

माेटरसाईकल राइडर बिनिता कार्कीले कालिकाेटमा रहेकाे न्यानाे काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल बितरण गरेकी छन् । कर्णालीका जिल्लाहरुमा रहेका पर्यटकिय स्थलकाे भ्रमणमा रहेकी राइडर कार्किले विभिन्न ठाउमा सहयाेग गर्दै आयकी छन् । म्याग्दी जिल्ला बेनी नगरपालिकाकी समाजसेवी तथा बाईक राइडर बिनिता कार्कीले न्यानो काख सेवा समाज कालिकोटलाई खाद्यान्न तथा फलफुल सहयोग गरेकी हुन् ।


घुमघामका क्रममा कालिकोट आइपुगेकी कार्कीले असहाय तथा विपन्न बालबालिकाको संरक्षण गर्दै आएको न्यानो काख सेवा समाजलाई करिब २७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा फलफुल वितरण गरेकी हुन् ।
समाजसेवी कार्कीले दुर्गम जिल्लामा रहेका असहाय बालबालिकाको अवस्था बुझ्दै सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वासका साथ सहयोग गरेको बताइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
न्यानो काख सेवा समाज कालिकोटले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले संस्थालाई थप ऊर्जा र हौसला मिलेको जनाएको छ ।


राइडर बिनिता कार्कीले समाज सेवा फोटो खिच्न होइन, पीडामा परेकालाई महसुस गराउन हो भन्दै सहयोग शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने विश्वास राख्छु । “जहाँ राज्य कमजोर छ, त्यहाँ नागरिकको दायित्व बलियो हुनुपर्छ भन्नेमा जाेड दिईन् । घुम्न मात्रै होइन, कर्णालीलाई केही दिएर फर्कन पाउँदा गर्व छ । “कर्णालीलाई दया होइन, अधिकारसहितको सहयोग चाहिएको उनकाे भनाई छ ।
२४ बर्षिया बिनिता कार्की रक्तदान सहित अन्य समाजिक कार्यमामा अग्रसर देखिएकि छन् ।

 

“राईडर”बिनिता कार्कीको मानवीय कदम: न्यानो काखलाई सहयोग

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

“राईडर”बिनिता कार्कीको मानवीय कदम: न्यानो काखलाई सहयोग

घुँयत्राे:एकै दिन ओलीलाई माला, रविलाई ताला खुल्यो:

Leave a comment

Your email address will not be published. Required fields are marked *