घुँयत्राे:एकै दिन ओलीलाई माला, रविलाई ताला खुल्यो: नेपाली राजनीतिक संयोग कि संजोग ?

एमाल्या अध्यक्ष ओलि तेस्रोपटक अध्यक्ष बन्ने दिन र कराडाैँ रुपियाँ घाेटाला गरेर जेल जीवन विताई रहेका रास्वपाका अध्यक्ष रबि लामिछानेकाे जेलबाट रिहाई हुने एकै दिन जुर्याे ।

राजनीतिक अडान र भष्टाचार विरुद्धको अडान राख्दै देश र जनताकाे खरबाैँ रुपैयाँ हानि नाेक्सानी पुर्याउँदा नि यीनै भष्टाचारी र अपराधिका पक्षमा जनता देखिनु आँफैमा सरम लाग्दाे विषय हाे । तर जक जनतानै भष्टाचारीकाे पक्षमा लाग्छन र उसैलाई उभ्याउन टेकाे बनेर लाग्छन भने अन्य सामान्य र सत्यकाे पछि लाग्ने जनताकाे कुनै मूल्य र महत्व हुँदाेरैनछ । भाद्र २३/ २४ कने आन्दोलन पछि ऐले नेपाली जनता ३ पक्षमा बाँडिएका देखिन्छन । याैटा भष्टाचनरकाे संरक्षण गर्ने ओलि पक्ष , अर्काे जति अपराध गरेनि आफ्नाे नेता भएछि संरक्षण गर्नै पर्छ भनेर एकाेहाेराे कुदने रबिकाे पक्ष र अर्काे वुध्दि विवेक याेजना लक्ष्य उदेश्य कुनै नभएकाे खालि अधकल्चाे प्राविधिक ज्ञान ( कम्प्युटर शिक्षा लाईनै सबै थाेक मान्ने)भएकाे र आँफुलाई जेनजी भनेर देखाएर नेपाली जनतावीच विध्वंसकारीकाे पहिचान बनाएकाे तेश्राे अर्थात जेनजी भन्ने पक्ष । ओलिले करिब ९० प्रतिसत मत दिएर जिताउनु र रबि जेलबाट छुटने बित्तिकै जनता रबिलाई भेटन सडकमा उत्रिनुले नै देखाउँछ कि जे गर्याै रबि ओलि , ठिक गर्याै भनेर समर्थन गर्नु हाे । जब जनता नै भष्टाचारीहरुलाई खुलेर समर्थन गर्छनभने त्याे मुलुक कसरी चल्या हाेला जान्न गाह्राे हुन्न । जुनसुकै देश विकासकाे लागि बाधक भनेकाे भष्टाचार हाे । जब देश चलाउन बसेकाहरु भष्टाचारमा चुर्लुम्म डुब्छन अनि त्यसकै समर्थनमा जनता मरिमेटि गर्छन भने त्याे देशकाे उन्नति कैल्यै हुन सक्दैन । देशमा जतिसुकै पटक परिवर्तन भएपनि खास परिवर्तन र सुधार गर्नु पर्ने चिजलाई पन्छाएर अरुअरुतिर दिमाग लगिन्छ भने त्याे परिवर्तनले देशका लागि कुनै उपलव्धि दिन सक्दैन । भदाै २३/२४ काे विद्राेह र आन्दोलन भनेकाे देशका एक एकवटा भष्टाचारीलाई निसाना बनाएर कार्वाहि गरि सकेपछि त्यसपछि देश सुहाउँदाे र आर्थिक भार खप्न सक्ने खालकाे परिपाटिका आधारमा देश चलाउने भन्ने हाे तर भष्टाचारीलाई कार्वाही गर्न बनेकाे सरकार कारबाहीकाे विषयलाई पछि पन्छाएर तिनै पुराना भष्टाचारीनेताहरुलाई चुनाबमा आउ भन्दै उनैसित मिलेर चुनाब गर्ने कुरा गर्दैछ । चुनाबका माध्यमले तिनै भष्टाचारीहरुलाई फेरि सत्तामा रजाइँ गर्न दिने हाे भने देशमा गरेकाे त्यति ठूलाे धनजनकाे क्षति किन र कस्का लागि भन्ने कुरा आउँछ । त्यसैले आन्दोलन गर्ने पक्ष र ऐले सरकारमा बस्नेहरुकाेबीच एउटै सहमति भएर देशकाे विसंगति र भष्टाचारकाे अन्त्यगर्दै देश सुहाउँदाे राजनीतिक प्रणालि लागू गरेर जानू पर्ने हाे । तर आन्दोलनकारी र सरकार एक अर्कालाई आैँला ठड्याउँदै हिँडि रहेका छन । चुनाबकै कारण मात्र भष्टाचारकाे अन्त हुने भए ४८ देखि ऐलेसम्म नेपालाँ कतिवटा चुनाब भए तर खै त भष्टाचारकाे अन्त भएकाे ।

यदि याे पटकनि भष्टाचारीकाे चिता जलाउन सकियन र उनिहरु चुनाबबाट झन माैलाउँदै आए भने अँझै ५० बर्ष दलका कार्यकर्ता तथा नेताहरुले देशलाई भष्टाचारकाे आशन बनाएर त्यै आशनबाट जनताकाे खुन चुसनेछन । त्यसपछि देशलाई ती व्यक्तिहरुकाे कैदबाट छुटाउन धेरै समय लाग्नेछ र त्यतिन्जेल हामी संसारकै सब‌भन्दा तल्लाे दर्जाकाे मुलुक बन्ने छम् र हामीलाई फेरि उठन धेरै मुस्किल पर्नेछ । त्यसैले याे पटककाे आन्दोलनले भष्टाचारी घरबाहिर निस्कँदा तिनकै समर्थनमा सडकमा आउने हैनकि भष्टाचारीकाे सिंगाे लास सडकमा आउँदा खुशी मनाएर दीपावलि गर्ने हिम्मत राख्ने जनता सडकमा आउने गराउने हाे । समय अँझै घर्केकाे छैन ,के ऐलेकाे सरकार र जेनजीहरुमा याे चेतना आउँला ?फेरि पनि ” जति जाेगि आएनि कानै चिरेका ” भन्ने उखाननै तपाईं हाम्रो दिमागमा दाेहाेरियला ? कि देशबाट भष्टाचारकाे अन्त्य हाेला ? ऐलेकाे राजनीतिक वातावरणले अलिकति पनि राजनीतिक चेतना भएका प्राणीका मथिङ्गलमा यस्तै यस्तै शंका उपशंका उब्जाई रहेकाेछ । अस्तु !

Leave a comment

Your email address will not be published. Required fields are marked *