घुयँत्राे:” बिरसिक्का”

याैटा मदमत्तले जब अरुकाे जिना हराम गराउँछ । उसकाे प्रबृत्ति र अन्याय अत्याचार सहन नसक्ने भएछि गाउँ घराँ याैटा उखान भन्ने गरिन्छनि ” लाताैँका भूत बाताैँसे नहि मानता” ऐले त्यै उखान सम्झिन थालेकाछन नेपाली जनताले यी दलका नेताहरुकाे चरित्र देखेर । देशमा २७ घण्टामा ऐलेसम्म संसारमै नभकाे परिवर्तनभाे देशमा । परिवर्तन कारीकाे माग भनेकाे भष्टाचारकाे छानविन दाेषिलाई कार्वाहि ,कार्यकारी प्रमुखकाे प्रत्यक्ष निर्वाचन, नेताहरु सच्चिएर आउनु पर्ने, खर्चिलाेब्यवस्थाकाे अन्त्यगरी कम खर्चमा शासन,प्रतिनिधिकाे संख्यामा कमि लगाएत देशर जनताकाे हित र उन्नति हुनेखालका व्यवस्था संविधान र कानुनमा गरेर जाउँ भन्ने आन्दोलनकाे मनसाय । तर आज आन्दोलन सकिएकाे २ साता वित्न लागि सक्याे तर ठूलादलका नेता देउबा,अारजु, ओलि,दाहाल,नेपाल काेहि पनि आन्दोलनकाे माग स्विकार्न तयार छैनन । याैटा ओलिका कारण देश पुरै जल्याे ।
७३ जनाले ज्यान गुमाई सके अर्बौं रुपैयाका धनसम्पति जलेर नष्ट भए, राज्यका दैनि प्रशासन चल्ने प्रशासनिक,राजनीतिक र न्यायिक भबनसँगै जनतासित दैनिक सन्चालन हुने कागजात र मुद्दामामिलाका लिखत र प्रमाणहरु जलेर सखाप भए त्यतिमात्रै हाे र तिनै नेताहरुका घरबास समेत जले भष्टाचार गरेर कमाएका लाईत कुनै संकाेच र पीडा छैन तर,आफ्नो मेहेनत र बाबू बाजेकाे सम्पति लगाएर बस्ने बास ठड्याउनेहरुका लागि त खपि नसक्नु पिडाछ । घर परिवारकाे छिँडिमा बास भएकाेछ । परिवार एकठाउँमा बसेर याे जर्जर अबस्था र दुख्खका पीडा बाँडन सकि रहेकाछैनन । तर यी घमण्डी नेताहरु भने न आफू पद छाेडन तयार छन न उनका कार्यकर्ता नेतृत्व परिवर्तनकाे लागि मुखबाट बाफ फालि रहेकाछन । यस्तो अबस्थामा ऐले आएकाे परिवर्तन दिर्घायु हाेला र जनताले चाहे अनुसारकाे परिवर्तन हाेला भन्ने संकेत कतै देखिँदैन । प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागाभाग गरेका ओलि आन्दोलनमा चलेकाे गाेलि नेपाली पुलिसकाे हाेईन छानविन हुनु पर्छ भनेर कराउँदैछन तर राजनीतिक नेतृत्व अर्काेलाई सुम्पन तयार छैनन । अनि अर्का सत्ताका सहयात्री नेता देउबा आफ्नाे घरमा भेटिएका जलेका नाेठ आफ्ना हैनन ,पत्रकारले काल्पनिक बनाएर पेश गर्याे भन्दैछन । यीनिहरुकाे बानी ब्यहाेरालाई हेर्दा जतिसक्याे छिटाे छानविन आयोग बनाएर यिनिहरुलाई नियन्त्रणमा लिन सकियन भने फेरिपनि यिनीहरु सत्तामा आउने जुक्ति खाेज्न तम्सिनेछन । छानविन आयाेग बनाउन जति ढिलाे गर्याे देश त्यतिनै खतराकाे स्थितिमा छ भन्ने कुरा बुझेर याे सरकारले कदम चाल्न जरुरीछ । आयाेग बनाएर यिनीहरुमाथि छानविनकाे अंकुश लाग्याेभनेमात्रै नेताहरु साईजमा आउन सक्छन अन्यथा कार्यकर्तालाई भडकाएर सडकमा हिंसा भठकाउन सक्छन ।तसर्थ सरकारले जति सक्याे छिटाे कार्वाहिकाे दायरामा ल्याएर देशबाट भष्टाचारीकाे अन्त्यसितै भष्टाचारकाे समेत अन्त्य गर्नु पर्दछ ।
यदि याे सरकार निर्वाचन गराएर निर्वाचित जनप्रतिनिधिलेनै बाँकि काम गर्नेछन भन्नेतिर लाग्याे भने नदेशबाट भष्टाचारकाे अन्त्य हुन्छ न भष्टाचारीकाे । आन्दोलन आन्दोलन मै सीमित हुनेछ र हामीलाई ७३ जनाकाे रगतले सँधै पाेलि रहनेछ ।चेतना भया ।






