कर्णाली राजमार्ग अन्तर्गत नाग्म-जुम्ला खण्ड अबरुद्ध

गाेल्डेन बुढा
जुम्ला ,२ असोज ।
कर्णाली राजमार्ग अन्तर्गत नाग्मा-जुम्ला खण्डमा अवरुद्ध भएको छ।जुम्लाको तिला गाउँपालिका -१ मा अवस्थित सडक खण्डमा अवरुद्ध भएको हो।बिहान ८ माथिबाट ठुलो ढुंगा खसेकाे थियोे।ढुंगाले पुरै सडक ओगटेपछि यातायात सेवा रोकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सडकमा मोटरसाइकल लगायतका सानो सवारीसाधन आवतजावत भइरहेको भए पनि ठूला सवारीसाधन चल्न नसकेको डिभिजन प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए।उनका अनुसार रारालिहीदेखि नाग्मसम्मको सडक पहिरोको उच्च जोखिममा छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले आधा घण्टादेखि सडकमा ठूला सवारीसाधन चल्न नसकेको बताए ।उनले भने, ‘साना ढुंगाहरु प्रहरीले हटाइसकेका छन् । ठूलो ढुंगा हटाउन डोजर लगाउनुपर्ने देखिन्छ ।’ डोजर ढुंगा खसेको स्थान नजिकै रहे पनि चालक सदरमुकाम खलंगामा आएको ढुंगा हटाउने कार्य सुरु हुन सकिरहेको छैन । डिएसपी रेग्मीले भने, ‘चालकलाई खबर भइसकेको छ । अबको केही समयभित्रै ढुंगा पन्छाउने काम सुरु हुनेछ ।’






