कारागारदेखि भागेका मध्ये अझै १४ कैदीबन्दी फरार

गाेल्डेन बुढा

जुम्ला,२ असोज ।
जुम्ला कारागारबाट भागेका २२ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।अझै १४ जना फरार छन्। गतभदाै महिनाको २४ गतेराति जुम्लाको चन्दननाथ नगरपालिका -६ मा रहेको कारागारबाट ३६ जना कैदीबन्दीहरु भागेका थिए। जुम्लाका प्रहरी डिएसपी रबिनबाबु रेग्मीका अनुसार उक्त राति भाग्न लागेका प्रहरीले तत्कालै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको सकेको थियोे। अन्य फरार कैदीहरूलाई निरन्तर गहिरो तरिकाले खोजी कार्य भइरहेको छ।

२५ गते पक्राउ परेका हिक्मत गिरी,भिमप्रसाद कठायत,डिल्ली कार्की यस्तै २६ गते नियन्त्रणमा लिइएका हुकुम शाही,प्रेमराजा महत,दिनेश लवाड,२७ गते पक्राउ पर्नेहरूमा डम्बर नेपाली,भक्तराज शाही,सन्तोष सार्की,सुरेन्द्र महत,२८ गते नियन्त्रण आउने पुर्णप्रसाद भण्डारी,दिपेन्द्र सुनार,रमेश नेपाली हुन्।भने २९ गते पक्राउ हुने लालबिर योगी र साेमबार अर्थात ३० गते कमल शाही, प्रकाश शाही, इश्वरी बम,किस्मत तिरुवा र ३१ गते दिनेश महत,युवराज न्याैपाने र केशव गिरीलाई पक्राउ परेकाे जुम्ला प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये तीन जना धराैटीमा छुटिकेका छन्। लालविर याेगि ,भिम कठायत र सन्ताेष सार्की छुटेका हुन्।जुम्लाको कारागारमा एक नाबालक लगायत ९५ जना कैदीबन्दी थिए। जसमध्ये पाँच जना महिला कैदीबन्दी छन्। अहिले जम्मा ७७ जना कैदी छन्।भागेका उनीहरुले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका थिए ।’ डिएसपी रबिन बाबुले भने,नभेटिएका कैदीबन्दीका आफन्तहरुको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ।’अहिले प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने चेतावनी दिइरहेको छ।यता जिल्ला प्रशासन कार्यालय जुम्लाले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । अहिले जिल्ला कारागार सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कारागारदेखि भागेका मध्ये अझै १४ कैदीबन्दी फरार

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा

कारागारदेखि भागेका मध्ये अझै १४ कैदीबन्दी फरार

कर्णाली राजमार्ग अन्तर्गत नाग्म-जुम्ला खण्ड अबरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *