कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

सुर्खेत,२ असोज।

कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उहाँकै भाइ डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्ण रूपले क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पनि पूर्ण रूपमा क्षति भएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा क्षति पुगेको छ । प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्ण रूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँ वटामा सामान्य क्षति पुगेको छ ।
ठूला गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक क्षतिको विवरण प्राप्त गर्न केही समय लाग्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले प्रदर्शनका क्रममा १३ सर्वसाधारण र तीन प्रहरी गरी १६ जना घाइते भएका उल्लेख गर्नुभयो ।

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

बर्दियामा नेपालको पहिलो बेपत्ता योद्धा स्मृति पार्क,

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कारागारदेखि भागेका मध्ये अझै १४ कैदीबन्दी फरार

Leave a comment

Your email address will not be published. Required fields are marked *