घुयँत्राे:. “सरकार ढिलो, भ्रष्टाचारी छिटो, जनता त बीचमै पिसिने पिँडालु !”

हैन यस्तो संकटकाे बेलाँनि सरकार किन सुस्तछ ।नत मन्त्रीमण्डल पूर्ण भाछ न भष्टाचारीहरलाई कार्बाहि गर्ने आयाेग बन्याछ , यस्ताे भयाे भने त दलका नेता,झाेले झाम्टे र देवर भाईहरले टाउकाे उठाउन थाल्छन अनि परिवर्तनका नाममा सहादत प्राप्त गरेका genZ र घरबासबिहिन हुन पुगेका निर्दाेष ब्यक्तिहरुकाे परिवारले के भनेर चित्त बुझाउलान । दलहरु दिनानुदिन अनेकन बहानाबाजिमा टाउकाे उठाउन थाली सकेका छन । तत्कालीन सत्तारुढ दलकै नेताहरु आन्दोलन र जेनजिका विरुद्ध यतिहजार र उतिहजारकाे जुलुस निकाल्छु भनेर धम्कि दिई रहेकाछन । आन्दाेलन थामिएकाे २/४ दिनमै आन्दोलनले उठाएका मागहरु सम्बाेधन हुनु पर्ने हाे । तर आन्दोलन सकिएकाे एकसाता वित्दा नवित्दै धम्कीका स्वरहरु आउन थाले पछि परिवर्तन नै संकटमा पर्ने वा पार्ने हुनकि भन्ने डर भै सक्याे ।
आन्दोलनकाे एकमात्र प्रमुख एजेण्डा भनेकाे भष्टाचारीहरुलाई कार्वाही गर्ने हाे ।याे कार्वाहि भित्र काे काे पर्छन भन्ने लिष्ट सम्भब त आन्दोलन शुरु हुनु पूर्वनै बनाई सकिएकाे हाेला नभए पनि यतिका दिन सम्म त्याे लिष्ट बनी सकेर आयाेगलाई बुझाई सक्नु पर्ने हाे र आयाेगले नि दाेषिहरु खाेज्ने र उनिहरु उपर प्रमाण संकलन गरि छानबिन शुरु गरि सक्नु पर्ने हाे । तर नत मन्त्रीमण्ल गठनले पूर्णता पायाे न आयाेग गठनतिर ध्यान गयाे । ६२/ ६३ काे आन्दोलनले जगाएकाे आशामा जसरि दलहरुले पानी फेरिदिए र देश भष्टाचारकाेआहालमा चुर्लुम्म डुब्याे त्यस्तै हुन बेर छैन । “रात गए अग्राथ पलाउछ” भन्छननि त्यस्तै भयाे भने याे जेनजीकाे आन्दोलनले नि देशलाई दिशा दिन सक्ने छैन र याे देश सँधैभरि भष्टाचारीहरुकै चङ्गुलमा फसि रहनेछ । तिनै दलका नेताहरु अहिले यसरी मुर्दा शान्ति बनाएर बसेका छन कि माैका पाउने बित्तिकै विस्फाेट हुनेछन । त्यसैले जेनजीहरुले जति सक्याे छिटाे मन्त्रीहरुकाे र भष्टाचारविरुध्द छानबिन आयाेगमा बस्ने मानिसहरुकाे तत्काल नाम दिएर कामकाे शुरुवातसँगै सरकारकाे वाच गर्न शुरु गर्नु पर्दछ । अन्यथा उपलब्धि लाई अन्यत्रै माेडेर दलहरुले देशमा गृहयुद्ध निम्त्याउन सक्दछन । त्यति मात्रै हैन कार्वाहिकाे प्रकृयामा जान जति ढिलाे गर्याे त्यति भष्टाचारी र अपराधिहरु देश छाेडेर फरार हुन सक्दछन । भष्टाचारीलाई कार्वाही गरेर देशबाट सदाका लागि भष्टाचार अन्त गर्ने लक्ष्य लिएकाे याे जेन जीकाे आन्दाेलन पनि निरर्थक हुन सक्दछ । अनि युवालाई कसैले कहिल्यै विश्वास गर्ने छैनन ।
त्यसैले जतिसक्दो छिटाे लक्ष्यकाे बाटो हिँड्म र दलहरुलाई एक हुने वातावरण कहिँ कतै नदिम यदि त्यसाे भएन भने देशमा परिवर्तन ल्याउन खाेजिएकाे करिव २० बर्ष पछिकाे जेनजी आन्दोलन पनि तुहिने छ र भविष्यमा आन्दोलन गर्ने कुनै एजेण्डानै रहनेछैनन भने हामीले याे देशमा एकपछि अर्को गरि गरेका सबै आन्दोलन विफल हुँदै गएमा विश्वमा हामीलाई कसैले पत्याउने छैनन । अनि हामी आर्थिक तथा भाैतिक विकाससितै डिजिटल प्रविधिकाे विकासमा पनि पछि पर्नेछाैँ ।सबैमा चेतना भया ।





