पुनः कर्णाली राजमार्ग अवरुद्ध : गगने खाेलामा पहिरो

गाेल्डेन बुढा
जुम्ला,१ असोज।
पुनः सुर्खेत – जुम्ला खण्डको कर्णाली राजमार्ग अवरुद्ध भएको छ।कालिकोटको शुभकालिका- १ मा अवस्थित गगने खोलाको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। उक्त खाेलामा वर्षा हुने बित्तिकै लेदो र ढुङ्गा खस्नाले पहिरोले यात्रुलाई सास्ती हुने गरेको छ।गएरातिको वर्षाले बुधबार बिहान ३ बजेदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

हिजो बेलुकीदेखिको वर्षाले बिहान पहिरो गएको हो। उनले भने, पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको छ।फेरि गगने खोलामै पहिरो गएकाले सुर्खेत जाने गाडी ८ ककिलोमिटर वर हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्। असार महिना यता २८ पटक गगनेमै पहिरो झरेर ३७ दिन सडक अवरुद्ध भएको छ। पानी रोकिएपछि ३ घण्टामा सडक खुल्नेछ।

पुनः कर्णाली राजमार्ग अवरुद्ध : गगने खाेलामा पहिरो

घुयँत्राे:. “सरकार ढिलो, भ्रष्टाचारी छिटो, जनता त

Leave a comment

Your email address will not be published. Required fields are marked *