घुयँत्राे:“शिक्षामन्त्रीको सपना : पाँच वर्षमा नेपाललाई ‘एजुकेशन सुपरपावर’ बनाउने रे !”

शिक्षामन्त्री सस्मित पाेखरेलका कुरा सुन्दा त के शिक्षामा देशले ठूलै फडकाे मार्ने कुरा गर्छन त हँ ! यीनका कुराले त हामी शिक्षामा फिनल्यान्डलाई नि जित्छम्कि जस्ताे देखियाे त हँ ! देशभरका २७ हजार विद्यालयमानै पुगेर स्कुलकाे जग्गा कतिछ ? भबन कति र कति काेठे छन ? शिक्षक कर्मचारी कतिछन? महिला शिक्षक कति छन ? कति कक्षासम्म पढाइ हुन्छ? विद्यार्थी कति छन ? छात्र छात्रा कति छन ? दलित तथा जनजाति र लाेपाेन्मुख अनि अल्प संख्यक कति छन तिनलाई शिक्षा दिने स्थायी दरबन्दिका र बिषयगत शिक्षक कति छन भनेर भएभरकाे सारा विवरण लिने अरे अनि त्यै अनुसार देशभर समानुपातिक रुपमा शिक्षालाई अघि बढाएर देशलाई नमुना र अनुकरणिय शैक्षिक थलाे बनाएर ५ बर्षमा कसैलेनि अनुमान र कल्पनै गर्न नसकेकाे विकास गरेर देखाउने कुरा गर्छन त हँ ! शिक्षा मन्त्री ! नेपालजस्तो अस्थिर राजनिति भएकाे मुलुकाँ ५ बर्षे याेजना बनाएर अघि बढदा त्यस्तायाेजनाले सफलता पाउलान ? त्यसैत नेपालका तडापार भएका पुराना दल सहित हर्के सामपाङ सहित दैनिक सदनमा आन्दोलनमा छन । प्रधानमन्त्री बालृनकाे राजिनामा मागेर सदनमा सभामुखलाई वाक्कदिक्क बनाका यी ४ दल , एमाले,काँगेस, माओवादि र लाजसरम पाटिका नेताका चटकले दिनकै सदन मनाेरञ्जनकाे थलाे भा छ । प्रधानमन्त्री बालेन सदनमा आएर बाेलेनन उनले जवाफ दिनु पर्ने ठाउँमा अर्थमन्त्रीलाई जवाफ दिन लाए भन्ने निहुमा सदनमा हङ्गामा गरेका यी नेताहरले सरकार चलाउँदानि देशलाई चटकै बनाएर छाेडे ऐले विपक्षिमा हुँदानि त्याे हङ्गामा मच्चाउन छाेड्याछैनन । तर बालेन भने यी दलका नेताहरका कुरा नसुनेर खुरुखुरु आफ्नै काममा लागेर दिनकाे याैटा न याैटा काम गरेर सरकार बनेकाे दुई मैनामा हरेक क्षेत्रमा ” अब केहि हुन्छ कि त ” भन्ने आशंका जनता मनाँ पैदा गरेर एकाेहाेराे कुदेका कुद्यै गरेका बालेनकाे गतिविधिले बिचरा यी ४ दलकाे हरि विजाेग भाछ । जसरि शिक्षा मन्त्रालयाँ उथलपुथल गर्नलाछन त्यसैगरि बाँकि १७ मन्त्रालय र न्यायालयाँ उथलपुथल गर्दिने हाे भनेत जनताले सरकारप्रति यति ठूलाे विश्वास जगाउने थेकि जस्लाई ताेडन विसाँबर्ष लाग्न सक्छ । हुन पनि ऐलेकाे दुई तिहाईकाे सरकारसित गुनासाे भन्या याैटा कुरा मात्रै हाे त्याे के भने प्रधानमन्त्री कमसेकम दिनकाे एक पटक सदनमा जाउन र उनले जवाफ दिनु पर्ने कुराकाे जवाफ दिएर जाउन । यति भएछि नेपाली जनतालाई केही चाहिया छैन । खास भन्ने हाे भने अब सत्तारुढ दलका अध्यक्ष रबि लामपछानेलाईनि कास्की जिल्ला अदालतले क्लिन चिट दिईसक्याे अब सायद पालैशान्ति अरु अदालतले नि उनलाई नुहाई धुवाई गरेर सफा गरेर पठाउँदैछन किनभने अदालतका न्यायाधीशहरुकाे मुटुलेनि ढ्याङ्ग्राे षाेक्या कतै मेराेनि जागिर जान्छ कि भनेर रबिका मुद्दा रहेका न्यायाधीशहरु त कैले रविलाई छाेडाैँला र जागिर जाेगाउँला भनेर आत्तियाछन । अब खासगरि बालेनलाई अबरोध गर्या भन्या सर्वेाच्चका ती न्यायाधीशहरु जसले सुकुम्बासी अभियान राेकि दिए । राजधानीमा चलेकाे सुकुम्बासी लखेटने अभियानलाई अदालतले अंकुस लाईदेछि तिरिमिरि देख्न पुगेका बाले अब अदातका न्यायाधीश फाल्ने अभियानाँ लाग्या छन । सरकारले चलाउने भन्या अभियान र त्यसले देखाउने परिणाम सितै सय दिनाँ याे सरकारकाले ल्याउने अभियानले देशाँ एक्कासी भूईँचालाे गएछि सायदजनताले था पाउलानकि अब बालेन सरकारकाे रहस्य यी ४ दलले था पाउने छन कि बालेन राजिनामा दे हैन बरु प्रधानमन्त्री तिम्लाई हाम्राे साथछ भन्दै सडकाँ चिच्याउने छन ।पुराना दल त अब केई नभएनि २५ बर्षका लागि काेमामा गए । उनरलाई लडने झगडने समय राम्रै मिल्ने भाे । जयहाेस राजनीति ।
” बिरसिक्का”




