लुम्बिनी प्रदेश सभामा आर्थिक माामिला मन्त्रीको जवाफःकार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौं

दाङ ,१० जेठ ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरुले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो ।
उहाँले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवद्र्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो ।
मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए । विशेष समयमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिना कुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी÷कुर्मी, सुरुल पुन तथा बसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।
छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफल समाप्त भएको घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

लुम्बिनी प्रदेश सभामा आर्थिक माामिला मन्त्रीको जवाफःकार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौं

माग सुन्न राज्य मौन, कर्णाली बन्दतर्फ युवा

लुम्बिनी प्रदेश सभामा आर्थिक माामिला मन्त्रीको जवाफःकार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौं

टीबी र एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगबारे सचेतना

Leave a comment

Your email address will not be published. Required fields are marked *