घुयँत्राे:. “नेपाल सरकारको ग्यारेज : पुराना गाडी थन्काउने राष्ट्रिय संग्रहालय”

“कुराे गर्याे कुरैकाे दुख ” भन्छननि त्यस्तै देख्खियाे ऐले र केई कुरा लेख्न भन्न मन लायाे । याे देश जल्दै गर्दा कर्मचारीकाे अकर्मण्यता , भष्टाचारी प्रवृत्ति अनि गैरजिम्मेवारी पनले गर्दा देशले कति नाेक्सानि ब्यहाेरेकाेछ भन्नेकुरा सतहमा प्रस्ट देखिएकाे याैटा विषय उठान गरम्है त ! कुरा के त भने जति पनि सरकारी कार्यालय छन तिनका अगाडि राखिएका र आन्दोलनमा जलेका गाडि सम्भवत एकआध बाहेक सबै विग्रिएका निहुमा ग्यारेजमा थन्क्याईएका गाडि हुन ।
मन्त्री , सचिव वा त्याे मन्त्रालय,विभाग निर्देशनालय र कार्यालयका मुख्यमान्छे परिवर्तन हुने बित्तिकै त्याे गाडि थन्क्याउने र नयाँ गाडि किनेर भष्टाचार गर्ने प्रवृतिले गर्दा देशमा बर्सेनि अरबाैँका गाडि थन्किने र नयाँ किनिने भई रहेकाछन त्यसतर्फ कुनैपनि नत मन्त्री नत सचिव कसैकाे ध्यान गएकाेछैन ।उनिहरुनै नयाँ गाडि किन्नेमा सबैभन्दा पहिला सहमति जनाउँछन फलत मन्त्रालयदेखि कार्यालयसम्म दुईदेखि ४ पाङ्ग्रे गाडि थन्क्याएर राज्यलाई अर्बाैँ रुपैया घाटा लगाईएकाेछ । ग्यारेजमा फालिएका एकाध गाडि बाहेक सबै बनाएर चढन सकिन्छ भने लिलामै गरेर भएपनि सम्पतिबाट रकम जम्मा हुन सक्छ तर कुनै पनि कार्यालय वा मन्त्रालय वा मन्त्रीले वा सचिवले म भै रहेकाे पुरानाे गाडि चढछु भन्दैन । उनिहरुकाे नियतनै खराबछ त अनि उनिहरुभन्दा तलका मान्छेकाे नियत कसरी सफा हाेस । कार्यालयमा हाकिम फेरियाे वा सचिब काे फेरियला भनेर देवतालाई धुपबत्ति गरेर बसेका स्टाेर किपरहरु ती ब्यक्ति हरु परिवर्तन हुँदा भै रहेकाे गाडिकाे चाबि बुझाउनुकाे सट्टा नयाँ गाडि किन्ने टिप्पणी सदर गराउन फायल लिएर जान्छ अनि याे देशकाे हालत कसरी सुध्रिन्छ । गएकाे जेन्जी आन्दाेलनकै कुरा गर्ने हाे भनेपनि सरकारी कार्यालय अगाडि हजाराैँकाे संख्यामा गाडी जलेकाे देखिन्छ ।
सरकारीनीतिले बिग्रेका सवारी साधनहरु समयमै मुल्यांकन गरि गराई लिलाम गर्ने प्रकृया भएकाे भए वा भएर पनि गरि दिएकाे भए आज सरकारी भबनसितै गाडिहरु जलेकाे हाम्रा आँखाले देख्न पर्थेन हाेला । नत सरकारले त्यति ठूलाे संख्यामा क्षतिनै ब्यहाेर्नु पर्थ्याे ।त्यसाे त कार्यालयमा नयाँ मान्छे आउँदा बेडिङ बिस्तरा समेत अनिवार्यरुपमा फेरिने गरेकाछन । ती फेरिने बेडिङबिस्तरा कार्यालयमा आउने नयाँ मान्छे काे मात्रै नभएर स्टाेरकिपर भनाैँ वा स्टाेर हेर्ने सुब्बा साहब कहाँ पनि अनिवार्यरुपमा पुग्छन । कुरा सुन्दा सानाे हाेला तर यिनै बेडिङविस्तराकै खरिदमा अरबाैँकाे खर्च र कराेडाैँकाे भष्टाचार हुन्छ तर गणतान्त्रिक व्यवस्था हाेसकि प्रजातान्त्रिक ब्यवस्था यसमा काहीँ कसैले राेक्न खाेजेकाे देखिँदैन । यदि याे सरकार जेनजिले भनेजस्तै भष्टाचार राेक्न आएकाे हाे भने अबकाे भष्टाचार राेक्नकाे लागि सवारी साधनसम्बन्धी ऐन ल्याएर नियमितरुपमा साधनकाे मर्मत र लिलाम गर्न एउटा छुट्टै कार्यालय बनाउनु पर्छ र जुन निकायकाे गाडि विग्रेकाे रिपोर्ट आउँछ तत्काल त्यस निकायकाे गाडि मर्मत गर्नतिर लाग्ने र अत्यधिक मर्मत खर्च लाग्ने बाहेकका गाडि मर्मत गरि साेहि कार्यालयमा पठाउने र मर्मत नहुनेलाई तत्काल १५ दिने सूचना निकालि त्यसलाई लिलाम गर्ने ब्यवस्था मिलाउन सकियाे भने सवारी साधनमा हुने अरबाैँकाे खर्च राेक्न सकिन्छ र त्याे रकम देशकाे लागि खर्च गर्न सकिन्छ । ऐलेकाे सरकारले साच्चिकै याे कुरालाई ध्यान दिएर ऐन नियम बनाउँदै कुनै निकायलाई यहिमात्र कामकाे जिम्मेवारी दिन सकियाे भने यसले पनि भष्टाचारकाे याैटा मुल सुकाउन सक्छ । यसका लागि धेरै माथा पच्ची र ठूलै पहाड फुटाउनु पर्ने पनि केही छैन ।
ऐले नेपाल सरकारसित भएकाे ( मेकानिकल ईन्जिनियरीङ ) गाडि मर्मत गर्ने सरकारी निकायमा याैटा शाखा थपेर त्यसलाई सम्पूर्ण सरकारी कार्यालयकाे गाडि हेर्ने मर्मत गर्ने र लिलाम गर्ने जिम्मा दिनु पर्दछ त्यसपछि याे सरकारी गाडिमा हुने भष्टाचार राेक्न सकिन्छ । आखिर यै ब्यवस्था हिजाे भै दिएकाे भए र गरेकाे भए आज आन्दोलनका नाममा सरकारी गाडि पाेलिने र खरबाैँकाे रकममा हानि नाेक्सानि हुने थिएन । के जेनजीहरुकाे भष्टाचार राेक्ने मागमा याे विषय पर्ला या सराेकारवाला मन्त्रीले याे विषय उठाउनु हाेला ? याैटा काैतुहलता!
” बिरसिक्का”





