मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग


सुर्खेत । प्रतिनीधिसभाका सांसद हृदयराम थानीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको जलवायु जानकारी दिने मौसमी राडार दुई वर्षदेखि बिग्रिएको र यसलाई सञ्चालनमा ल्याउन सांसद थानीले माग गरेका हुन् ।


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बनाउनका लागि माग गर्दै मौसमी राडार स्पेर पार्टस बिग्रिएका कारण २ वर्षदेखि सञ्चालनमा नहुनु बिडम्बनापुर्ण अवस्था रहेको थानीले बताए ।

‘विपद व्यवस्थापनका लागि अति महत्वपूर्ण मौसमी सूचना, हावापानी पूर्वानुमान, वर्षाको गति साथै विपदका लागि अत्यावश्यक र संवेदनशील सूचना दिने प्रणाली अवरुद्ध हुनु कर्णाली प्रदेशका लागि त झनै जोखिमपूर्ण अवस्था हो,’ उनले भने,‘तसर्थ, वर्षाको समय नजिकिदै गरेको अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनीकरण र विपद व्यवस्थापनका लागि मौसमी राडारलाई याथशीघ्र सञ्चालन ल्याई सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ तीन वटै तहका सरकारले गम्भीर रुपले सोच्नु जरुरी छ।

मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग

बाजुरा प्रहरीले अर्कै व्यक्तिलाई गाई पाल्न लगायो

मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग

सम्पादकीय: प्रदेशअस्पताल स्तरोन्नतीको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *