राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेनः मन्त्री भण्डारी


सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर–प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधुस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताएका हुन् ।

जङ्गलमा फिरन्ते राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामाना गरिरहेको बताए । ‘उनीहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्छ,’ उनले भने,‘केवल राउटेलाई हेर्न जाने मात्रै हैन् ।’

साथै, राउटेलाई मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने उनको भनाई थियो । स्वास्थ्य र शिक्षामा गम्भिर हुन ध्यान केन्द्रीत गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको मन्त्री भण्डारीले बताए ।

राउटे समुदायको भाषा र उनिहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेको जनाउँदै सोही अनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनावद्ध कार्य गर्ने जानकारी दिए ।

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेनः मन्त्री भण्डारी

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *