दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु


सुर्खेत– दैलेखमा रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जिल्लाको भैरवी गाउँपालिका–५, ढाडगाँउ स्थित सियाला सामुदायिक वनमा दाउरा काट्न गएका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाहीको रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वार्षिक पुन्य तिथिका लागि दाउरा काट्न गएका उनीहरूको रुख ढाल्ने क्रममा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए ।

प्रहरी प्रमुख दाहालका अनुसार सल्लाको रुख ढाल्ने क्रममा घाइते भएका उनीहरूलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको हो ।

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

प्रेस स्वतन्त्र नभए लोकतन्त्र मासिन्छ : अध्यक्ष

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेनः

Leave a comment

Your email address will not be published. Required fields are marked *