मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापारवाही, परीक्षा दिन बसेका विद्यार्थीको परीक्षा स्थगन


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापारवाही गरेको छ । विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षामाबीचैमा रद्द गरिएको छ ।
स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो ।

परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिदै चरम लापरबाही गरेको हो । यसमा विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गरिरहेका छन् ।

बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेको थियो । विद्यार्थीले लेख्न सुरु पनि गरिसकेको थिए । तर एक्कासी परीक्षा स्थगन गरिएको थियो ।

विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको जनाएको छ । परीक्षा स्थगन गर्नुको कारण भने खुलाइएको छैन ।

मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापारवाही, परीक्षा दिन बसेका विद्यार्थीको परीक्षा स्थगन

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेनः

मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापारवाही, परीक्षा दिन बसेका विद्यार्थीको परीक्षा स्थगन

कर्णाली नदीमा डुंगाबाट खसेर कामदार बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *