लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

बाँके,३० जेष्ठ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि लुम्बिनी प्रदेश सरकारले पूजा हुने ४ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । असार १ गते गरिने भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका ४ जिल्लामा प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो ।

सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भूम्या खाम मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । वैशाख देखी भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य रहँदै आएको छ ।

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगञ्जमा बाख्राको मासु खसी भनेर बिक्री, अनुगमनमा

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४

Leave a comment

Your email address will not be published. Required fields are marked *