गाउँपालिकाकाे गाडी ताेडफाेड

जुम्ला ,२९ जेष्ठ ।
जुम्लाको तिला गाउँपालिकाकाे गाडी ताेडफाेड गरिएको छ। गाउँपालिका-४ मा पार्किङ गरेर राखेको सरकारी गाडीमा तोडफोड गरिएको हो। बुधबार आयोजना गरिएको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले चढेर लिएर पार्किङ गरिएको थियोे। उक्त गाडी किन ?कसलाई ? कसले ? कसरी तोडफोड गर्यो ? अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यतागाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले गाउँपालिकाको गाडीमा तोडफोड भएको बताए । उनका अनुसार गाउँपालिकाले नयाँ गाडी खरिद गरेको थियो । गाडीको नम्बर पनि राखिएको छैन । गाडीको पछाडीको सिसा फुटेको छ ।
गाडी सुरक्षित रुपमा पार्किङ गरेर राखिएको र फर्किँदा एक्कासी पछाडीको सिसा फुटेको देखिएको उनलेे जनाए।गाडी तोडफोड बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मी बताउँछन्।
रेग्मीले गाउँपालिकाको स्कार्पियोलाई तोडफोड गरिएको खबर प्राप्त भएको छ। उनले भने, ‘तोडफोडको बारेमा अनुसन्धान भइरहेको छ।अध्यक्ष ज्युकाे गाडीमा ढुंगा प्रहार गरेर सिसा फुटाएको देखिएको छ ।’






