सम्पादकीय : कर्णालीमा होटल व्यवसायको सम्भावना

‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पहिलो सुविधा सम्पन्न होटल बनाउने प्रक्रिया थालिएको छ । उच्चस्तरिय सेवा सुविधासहित निजि क्षेत्रको ठुलो लगानीमाहेलिप्याड, मोनोरेलसहितको ‘रारा रिसोर्ट’ बनाउन लागिएको हो । गत बैशाखमा भएको राष्ट्रिय लगानी सम्मेलनबाट छनौट भएको मुगुको रारा ताल क्षेत्रमा बन्ने सुविधा सम्पन्न रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङस्को संयूक्त लगानी रहने छ ।यसले कर्णालीमा ठुलो प्रकृतिकोहोटल व्यवसाय विस्तार गर्न चाहनेका लागि मार्गदर्शन हुनसक्छ । नेपालको सबैभन्दा विकट मानिने कर्णाली प्रदेश अहिले पर्यटन विकासको महत्वपूर्ण चरणमा छ। प्रकृतिले भरिपूर्ण यो क्षेत्र ऐतिहाँसिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण छ। पछिल्ला वर्षहरूमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आँगमन बढ्दै गएको छ ।जसले होटल व्यवसायका लागि नयाँ सम्भावनाको ढोका खोलिरहेको भएपनि ठुला लगानीकर्ताहरु कर्णालीमा भित्रन नसकेको अवस्था छ ।

कर्णाली प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये रारा ताल, से–फोक्सुन्डो ताल, हिल्सा नाका, जु्म्लाको सिञ्जा क्षेत्र, तथा धार्मिक स्थलहरू प्रमुख छन्। यी स्थानहरूमा पर्यटकहरू आउने क्रम बढेसँगै होटल व्यवसायको विकासको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको छ। कर्णालीमा होटल तथा होमस्टे सञ्चालन गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ ।जसले स्थानीय अर्थतन्त्रलाई समेत बल पु¥याउँछ। कर्णालीमा होटल व्यवसायको ठुलो सम्भावनासँगै चुनौतीहरू पनि उत्तिकै छन्। कर्णालीको पहिलो चुनौती पूर्वाधारको अभाव हो। सडक, बिजुली, सञ्चार तथा यातायात सेवाको अपुगताले होटल व्यवसायलाई सहजै विस्तार गर्न सकिने अवस्था छैन ।दोस्रो, व्यवसाय सञ्चालन गर्न आवश्यक लगानी तथा दक्ष जनशक्तिको अभाव पनि यहाँको मुख्य समस्या हो। साथै, यहाँको प्रतिकूल मौसमीय परिस्थितिले पर्यटन व्यवसायमा असर पार्ने गर्छ।तर, यस्ता चुनौतीहरूका बाबजुद पनि कर्णालीमा होटल व्यवसायमा राम्रो सम्भावना छ। पहिलो, पर्यटन प्रवद्र्धनसँगै तीनै तहका सरकारहरुलेकर्णालीमा पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

दोस्रो, स्थानीय समुदायले समेत होमस्टे तथा होटल व्यवसायमा चासो बढ्दै जानुले यस व्यवसायलाई प्रवद्र्धन गर्न सक्छ। तेस्रो, कर्णालीका मौलिक संस्कृति, रैथाने खानपान तथा अतिथिसत्कार शैलीले पर्यटकहरूलाई आकर्षित गर्न सक्छ।कर्णाली प्रदेशमा होटल व्यवसायको सम्भावना निकै राम्रो भएपनि ठुला लगानीकर्ताहरु अझै पनि लगानी गर्न डराइरहेका छन् ।कर्णालीको पूर्वाधार अभावलाई टार्नअन्य सर्बसुलभबैकल्पिक माध्ययमहरु अघि सार्न सकिए ठुला व्यवसायीलाई लगानीका लागि पे्ररित गर्न सकिन्छ । सरकारले कर्णालीमा होटल व्यवसायमा लगानी गर्न चाहनेहरुलाईव्यवसाय दर्ता, नविकरण लगायतका क्षेत्रमा लाग्ने शुल्कमा सहुलियतको नीति लिनु पर्दछ । अर्कोतर्फ पर्यटकीय पूर्वाधारलाई मजबुत बनाईव्यवसाय सञ्चालन गर्न आवश्यक नीति तथा योजना निर्माण र स्थानीय समुदायलाई प्रत्यक्ष संलग्न गराउन सकेमा कर्णाली प्रदेशमा होटल व्यवसाय एक ठोस आर्थिक अवसर बन्न सक्छ। यसले पर्यटन प्रवद्र्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन तथा समग्र आर्थिक, सामाजिक सांस्कृतिक विकासमा टेवा पु¥याउने निश्चित छ।

सम्पादकीय : कर्णालीमा होटल व्यवसायको सम्भावना

भेरी नदीमा बेपत्ता भएका अर्का एक जनाको