भेरी नदीमा बेपत्ता भएका अर्का एक जनाको शव फेला


सुर्खेत । सुर्खेत पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला परेको छ । आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले पुर्वी रूकुम सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव निकालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।

झाक्री डुबेको स्थलभन्दा करिब दुई सय मिटर दक्षिणमा फेला परेका हुन् ।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो ।

उनीहरू निमार्णाधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोर सहितको टोली खटिएको थियो ।

भेरी नदीमा बेपत्ता भएका अर्का एक जनाको शव फेला

‘विचारको विचलनपछि जनयुद्ध लडेकाहरु नै हिंसा भन्न

भेरी नदीमा बेपत्ता भएका अर्का एक जनाको शव फेला

सम्पादकीय : कर्णालीमा होटल व्यवसायको सम्भावना