सिएमसी नेपाल परियाेजनाकाे प्रगति समिक्षात्माक बैठक सम्पन्न

दुर्गा विसि

सल्यान, २५ जेष्ठ
सल्यानकाे वनगाडकुपिण्डे नगरपालिकाद्धारा फेल्म नेपाल र सीएमसी नेपालको आर्थिक, प्राविधिक साझेदारीमा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन परियोजना (प्रवर्धन) सल्लाहकार समितिको कार्यक्रम सम्पन्न भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको हाे । प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी, वडा अध्यक्ष गणेश बुढाक्षेत्री, थुम बहादुर वि.सी, स्वास्थ्य शाखा प्रमुख नविन चौधरी, सी.एम.सी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ, नीति, रणनीति तथा शुसासन प्रमुख हिमाल गैरे, कार्यक्रम अधिकृत अनत चौधरी, मानसिक स्वास्थ्य स्वाबलम्वन समूह सन्जालका अध्यक्ष शिला बुढाथोकी, साथी सहयोगी स्वयंसेवकका साथै शिक्षा, स्वास्थ्य, प्राविधिक, उद्योग विकास शाखाका महेश देवकोटा, बासुदेव पोखे्रल, निरु शाही, धुर्वा कुमारी थापा लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समिक्षा, पाठ्यक्रम र पाठ्यपुस्तकमा मानसिक स्वास्थ्यका विषयवस्तुको समावेश, मानसिक स्वास्थ्य सेवा विस्तारको लागि आवश्यक क्रियाकलाप, मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको प्रभावकारी कार्यान्वयन, आत्महत्या रोकथामका विषयमा छलफल चलाएको थियोे ।

आ.व २०८२/०८३ मा साे कार्यक्रमलाई एकिकृत गर्ने लगायतका बारेमा घनिभुत छलफल भएको थियो । प्रवद्र्धन कार्यक्रम निकै प्रभावकारी भएकाले यसका असल अभ्यास गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको समेत जनाएको छ । यसलाई निरन्तरता गर्ने र यसका निम्ती सीएमसी नेपालको प्राविधिक सहयोग थप आवश्यक पर्ने सहभागीहरुले जोड दिएका थिए । कार्यक्रम प्रभावकारी भएता पनि प्रवर्धन कार्यक्रमको बर्हिगमनमा रहेकाले स्वास्थ्य शाखा अन्तर्गत मानसिक स्वास्थ्य युनिट तयार गरी समुदाय र विद्यालय स्तरका कार्यक्रममा आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने वताएकाे छ ।

क्रमशः हरेक कार्यक्रममा मानसिक स्वास्थ्यलाई एकिकृत गर्दै मूलप्रवाहीकरण गर्नका निम्ती नगर प्रमुख बुढाथोकीले विषयगत शाखा प्रमुखलाई निर्देशन दिदै आगामी आगामि दिनमा नीति, कार्यक्रम र बजेटमा समावेश गर्न सुझाव समेत दिएको जनाएको छ । कार्यक्रमको सी.एम.सी-नेपालका मनोसामाजिक परामर्शकर्ता दोर्ण कुमार यरीले प्रगति बारे प्रस्तुतिकरण गरिएको जनाएको छ ।

सिएमसी नेपाल परियाेजनाकाे प्रगति समिक्षात्माक बैठक सम्पन्न

बकर ईदको अवसरमा बाँकेका चार स्थानीय तहमा

सिएमसी नेपाल परियाेजनाकाे प्रगति समिक्षात्माक बैठक सम्पन्न

फोर्स गाडीलाई ट्रकले ठक्कर दियो, ८ घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *