नेपाली सेनाद्वारा जुम्लामा भेटिएको सकेट बम निष्क्रिय

गाेल्डेन बुढा

जुम्ला,२२ भदौ।
जुम्लामा फेला पारेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ। दिउँसो १ बजेर ३५ मिनेटमा निष्क्रिय पारेको थियो।नेपाली सेनाको देवीदत्त गणकाे टाेलीले बम डिस्पोजल बनाएको समन्वय प्रमुख जुम्लाका प्रमुख गाैरीनन्दआचार्यले बताए।जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा फेला परेको थियोे।यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले बम नेपाली सेनाले डिस्पोज गरेको बताए ।बम भेटिएपछि सेनाको टोली बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बम भेटिएको स्थानमा पुगेमा थिए ।शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए । जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई खवर गरेको बताए। उनका अनुसार ‘सेनाले बम डिस्पोज गरेपछि कर्मचारीले सुरक्षित महसुस गरेका छन्,।यो सकेट बम संकटकालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ ।

नेपाली सेनाद्वारा जुम्लामा भेटिएको सकेट बम निष्क्रिय

जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

Leave a comment

Your email address will not be published. Required fields are marked *