जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

गाेल्डेन बुढा

जुम्ला,२२ भदौ।
जुम्लामा सकेट बम भेटिएको छ।जिल्ला समन्वय समितिकाे कार्यालय परिसरमा भेटिएको हो। शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका हुन् । समन्वय प्रमुख प्रमुख गौरीनन्द आचार्यका अनुसार सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई सुसूचित गरिएको थियोे।आचार्यले भने, ‘बम खिया लागेको अवस्थामा भेटिएको छ । मोटो जीआई पाइपबाट बनेको जस्तो देखिन्छ ।’बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ ।

बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेकाे। ‘सेना बम डिस्पोज गर्न माथिको आदेश पर्खेर बसेको छ, ‘आदेश आउनेबित्तिकै बम डिस्पोज गर्ने तयारी सेनाले गरेको छ ।’ समन्वयको सानो हलको पछाडिपट्टि सकेट बम फेला परेको हो । यो बम संकटकालमा माओवादीले छोडेको हुन सक्ने आशंका छ । कार्यालय खुले पनि काम गर्ने अवस्था नरहेको प्रमुख आचार्य बताउँछन्।यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले बम डिस्पोज गर्न सेनाको टोली बम भेटिएको स्थानमा पुगिसकेको बताए।
क्याप्सन: समेट बमकाे तस्बिर गाेल्डेन बुढा जुम्ला!

जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

जुम्लामा यो वर्ष ४० प्रतिशत स्याउ उत्पादन

जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

नेपाली सेनाद्वारा जुम्लामा भेटिएको सकेट बम निष्क्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *