कर्णालीको कटानले गेरुवाका गाउँहरू जोखिममा

बर्दिया ,१८ भदौ। 

कैलालीको सीमाबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध बगाएपछि आधा दर्जन गाउँहरू बाढी जोखिममा परेका छन् । करिब पाँच वर्षअघि झन्डै तीन करोड लागतमा निर्माण भएको तटबन्ध र स्पर नदीले बगाएपछि करिब ३ सय मिटर लम्बाई र ३ मिटर चौडाइमा कटान भएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मुक्तानका अनुसार नदीले धार परिवर्तन गर्न थालेपछि बनघुस्रा, बनकट्टी, सनकट्टी, टिकुलीगढ, लोहारलगायतका बस्ती उच्च जोखिममा परेका छन् ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर बोरामा बालुवा र स्याउला भरी तटबन्धलाई अस्थायी रूपमा जोगाउने प्रयास भइरहेको जानकारी दिए ।

स्थानीयवासी प्रेमबहादुर थारूले भने, “पाँच वर्षअघि बनेको तटबन्ध यति छिट्टै बग्दा अब हामी गाउँमा कहिले पनि बाढी पस्छ कि भन्ने त्रासमा छौँ,” भने । त्यस्तै अर्का स्थानीय जमुना चौधरीले “नदी धार परिवर्तन गर्दै गाउँतिर आइपुगेको छ, यसपालि ठूलो बाढी आयो भने बस्ती नै डुब्ने खतरा छ,” भन्दै सरकारसँग दीर्घकालीन समाधानको माग गरे । अब तटबन्ध पुनर्निर्माण र स्थायी संरचना निर्माण नगरे कर्णाली नदीले गेरुवाका गाउँहरूलाई ठूलो संकट निम्त्याउने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।

कर्णालीको कटानले गेरुवाका गाउँहरू जोखिममा

नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू

कर्णालीको कटानले गेरुवाका गाउँहरू जोखिममा

सम्पादकीय :– कर्णाली राजमार्गमा देखिएको सरकारी लाचारपन

Leave a comment

Your email address will not be published. Required fields are marked *