जुम्लाको विकासमा राजनीतिक दलको ध्यानाकर्षण

गाेल्डेन बुढा
जुम्ला ,२० जेष्ठ 
जुम्लाका विकास निर्माणका कामलाई जुम्लाका राजनैतिकदलले चासो लिएका छन् । जिल्ला स्थित राजनैतिकदलहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही सँग छलफल गरेर ध्यानाकर्षण गराएका हुन्।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलहरुले बृहत धौलीगाड परियोजनाको मुहान क्षेत्रको काम सहित तत्काल विकास निर्माण भईरहेका विकास निर्माण काममा केही सुधार्नुपर्ने विषयमा सुझाव राखेका छन् । दलहरुले लथालिङ भईरहेका विकास निर्माणका काम सच्याउनका लागि समन्वय गर्न दलहरुले सुझाव दिएका हुन् ।

पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया सहित नेपाली कांग्रेसका कार्यवाहक सभापति कार्मा बुढा, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादी केन्द्रका जिल्लाध्यक्ष नवराज न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मकरबहादुर भण्डारी सहित नेताहरु र पत्रकारको उपस्थिति थियो ।छलफलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले दलहरुको सूझावलाई सम्बन्धित कार्यालय सँग छलफल गर्ने बताए।उनलेे,भने´ जुगाँड करिडोरमा हुनसक्ने बिपतलाई रोक्न सम्बन्धित कार्यालय सँग सहकार्य गर्न आवश्यक छ। तर ठूला आयोजना बनाउदा पहिल्यै जोखिमको बिषयमा ध्यान दिनुपर्ने बताए।

यता दलहरुले सरोकारवाला कार्यालय सँग छलफल वैठक राख्न प्रमुख जिल्ला अधिकारी शाहीलाई सुझाव दिए। वैठकमा जुम्लाको गौरवको आयोजना धौलिगाडको मुहान क्षेत्रमा बजेट अभाव लगायतका बिषयमा छलफल भएको थियो । यता संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयका प्रमुख ज्योतिष कुमार मिश्रले धौलिगाड खानेपानीको ४ किलोमिटर पाईप तथा सामग्रीका लागि तयारी भईरहेको र दर निर्धारण गर्न विभागमा पेस गरिएको बताए।

जुम्लाको विकासमा राजनीतिक दलको ध्यानाकर्षण

रोजगारमैत्री नीति बनाउन कोहलपुर नगरपालिकाको पहल

जुम्लाको विकासमा राजनीतिक दलको ध्यानाकर्षण

सम्पादकीय : कहिले बन्छ सुर्खेत मेडिकल कलेज

Leave a comment

Your email address will not be published. Required fields are marked *